free website hit counter

सगरमाथा इन्स्योरेन्सको बीमा शुल्क अर्ब नजिक, नाफा पनि बढ्यो

beemaadmin
२०७८ बैशाख २३, बिहीबार

काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमासभित्रमा सगरमाथा इन्स्योरेन्सले २८ करोड ५४ लाख रुपैयाँ खुद आर्जन गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ६३.९४ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको चैत सम्ममा कम्पनीले १७ करोड ४१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । यस अवधिमा इन्स्योरेन्सको खुद बीमाशुल्क पनि २८.१४ प्रतिशतले बढेर ९५ करोड २९ लाख रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको यही अवधिमा कम्पनीले ७४ करोड ३६ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो । चुक्ता पूँजी १ अर्ब १२ लाख रुपैयाँ रहेको यस कम्पनीको जगेडा कोषमा ४८ करोड ३४ लाख रुपैयाँ, बीमा कोषमा ९५ करोड ६६ लाख रुपैयाँ र महाविपत्ती कोषमा १२ करोड ८० लाख रुपैयाँ सञ्चित छ । यस अवधिमा इन्स्योरेन्सले १ लाख ३६ हजार ६९६ वटा बीमालेख जारी गरी १ अर्ब ९९ करोड ६९ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ ।

सम्बन्धित समाचार