काठमाडौं । जीवन बीमा व्यवसायका खम्बा भनेकै अभिकर्ता हुन् । उनीहरुको दक्षता वृद्धि र आत्मबल उच्च राख्न सकियो भने जीवन बीमा व्यवसाय फस्टाउन सक्छ । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको बिरगंज शाखाले उत्कृष्ट अभिकर्ता अन्तरक्रिया तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । क्रम्पनीले उक्त कार्यक्रम बिरगंजको हाटेल रोयल्समा सम्पन्न गरेको हो ।
कार्यक्रममा प्रमुख अतिथि धनश्यामपुरी सर, विशिष्ट अतिथि तथा स्थानीय समाज सेवी शिव गुप्ता सर, विशिष्ट मेडिया कर्मी तथा स्पीकर उजवल घिमिरे सर र बिरगंज शाखाको शाखा प्रबन्धक श्रीराम प्रसाद तथा उप शाखा प्रमुखहरुको उपस्थितिमा यस बिरगंज शाखाले उक्त कार्यक्रम सम्पन्न गरेको जनाएको छ ।