काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सले आफ्ना बीमितलाई घातक रोग देखिएपछि सो वापतको दाबी भुक्तानी गरेको छ । पाल्पा जिल्ला रम्भा गाउपालिका १, निवासी नारायण अधिकारीले वैदेशिक रोजगारीका लागि कतार जाने समयमा सन नेपाल लाइफ इन्स्योरेन्समा वैदेशिक रोजगार म्यादी जीवन बीमा गरेका थिए । निजलाई वैदेशिक रोजगारीकै क्रममा मुटु सम्वन्धी समस्या देखिएको थियो । उपचार गराएको प्रमाण सहित सोको दाबी कम्पनीमा गरेपछि सन नेपाल लाइफबाट घातक रोग दावी वापत रु ५ लाख भुक्तानी गरेको हो । घातक रोग दावी भुक्तानी वापतको चेक रामपुर नगरपालिकाका मेयर रमण बहादुर थापा र कम्पनीका कलष्टर हेड सन्तोष कुँवर क्षेत्रीले एक कार्यक्रमका विच हस्तान्तरण गरे । सन नेपाल लाइफका कलष्टर हेड सन्तोष कुँवर क्षेत्रीले वैदेशिक रोजगारीमा जाने सवैले अनिवार्य वैदेशिक रोजगार म्यादी जीवन बीमा गर्नुपर्ने बताए । उक्त बीमा गर्दा विभिन्न ७ प्रकारका सुविधाहरु पाइने हुँदा आकस्मिक रुपमा हुने विभिन्न जोखिम विरुद्ध आर्थिक सुरक्षा पाइने हुनाले बीमा अत्यन्तै जरुरी रहेको बताए छ । कार्यक्रममा स्थानीय निकायका जनप्रतिनिधि, पत्रकार, सन नेपाल लाइफका कर्मचारी तथा अभिकर्ताहरुको उपस्थिति रहेको थियो ।