काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्ना बीमितको निधनपछि आश्रित परिवारलाई बीमा वापतको मृत्यु बीमा दाबी रकम हस्तान्तरण गरेको छ । कम्पनीको शाखा कार्यालय बुर्तिबाङले ढोरपाटन नगरपालिका ९ बोबाङकी बीमित केशमाया पुन घर्तीकी हकवालालाई दाबी वापतको रकम भुक्तानी गरेको हो । कम्पनीले मृतकको परिवारलाई १० लाख ४३ हजार रुपैयाँको चेक हस्तान्तरण गरेको कम्पनीले जनाएको छ । केशमायाको २०७७ पुस २८ गते दुर्घटनामा परी निधन भएको थियो । केशमायाले बीमालेख खरिद गरी दुई किस्ता बीमा शुल्क बापत ७० हजार ४ सय १० तिरेकी थिइन् । ढोरपाटन नगर प्रमुख देवकुमार नेपालीका, उपप्रमुख कर्मती पुन, ढोरपाटन नगरपालिका वडा नं ३ का अध्यक्ष हेमेन्द्र घर्ती मगर, ५ का अध्यक्ष जिवन पुन, इलाका प्रहरी कार्यलय बुर्तिबाङका प्रमुख लोकबहादुर कुवँर, इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख जयराम वन्त, समाजसेवी तुल्सीराम अर्याल, ऋतुवर्ण पौडेल, उत्तम महत, इन्स्योरेन्स कम्पनीका एजेन्सी म्यानेजर लगायत स्थानीय बुद्धिजीवीको उपस्थिति रहेको कम्पनीले जनाएको छ ।