free website hit counter

सन नेपालले आईपीओ जारी गर्ने

beemaadmin
२०७८ श्रावण २६, मंगलवार

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सको प्रिमियम मूल्यमा आईपीओ जारी गर्ने प्रस्ताव पारित भएको छ । साउन २५ गते सोमबार सम्पन्न कम्पनीको तेस्रो वार्षिक साधारण सभाले सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो । यससँगै कम्पनीले सर्वसाधारणमा प्रमियम मूल्यमा ६० लाख कित्ता आईपीओ निष्काशन गर्ने भएको छ । इन्स्योरेन्सको साधारण सभा भर्च्युअल माध्यमबाट सम्पन्न भएको थियो ।
सभाले आर्थिक वर्ष २०७५–०७६ को वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७५र७६ को लेखापरिक्षण प्रतिवेदन वासलात, नाफा र नोक्सान, हिसाब नगद प्रवाह विवरण र सो सम्बन्धी अनुसूची एनएफआरएस प्रणाली लगायतका विषयमाथि छलफल गरी पारित गरेको छ । यसका साथै, सभाले कम्पनीको स्वतन्त्र विज्ञ सञ्चालकमा नितु कयाललाई नियुक्त गरेको छ । इन्स्योरेन्सले हाल देशभरका २० वटा शाखा कार्यालय तथा १०८ वटा उपशाखा कार्यालयमार्फत जीवन बीमा सेवा दिँदै आएको छ । साथै, आगामी दिनमा स्थानीय स्तरबाट बीमा सेवा प्रवाह गर्दै अघि बढ्ने कम्पनीको लक्ष्य छ ।

सम्बन्धित समाचार