free website hit counter

सस्तियो सुन, कतिमा कारोबार ?

beemaadmin
२०७९ श्रावण ५, बिहीबार

काठमाण्डौ । सुनको भाउ बिहीबार ओरालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ आज तोलामा १ हजार रुपैयाँले घटेको हो। योसँगै प्रतितोला फाइन गोल्ड ९३ हजार रुपैयाँ कायम भएको छ। हिजो बुधबार सुनको भाउ तोलामा २०० रुपैयाँले घटेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड ९४ हजार रुपैयाँ र तेजाबी गोल्ड ९३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो। आज चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले घटेर १ हजार १५५ रुपैयाँ कायम भएको छ। हिजो तोलामा ५ रुपैयाँ बढेर चाँदी १ हजार १६५ रुपैयाँमा किनबेच भएको थियो।

सम्बन्धित समाचार

सेफ सन्तोष साह पक्राउ काण्ड के हो?

beemaadmin
२०८३ जेष्ठ ३०, शनिबार

तोलामै पाँच हजारले बढ्यो सुन

beemaadmin
२०८३ जेष्ठ २९, शुक्रबार