काठमाडौं । अग्रणी जीवन बीमा कम्पनी सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको छ महिनामा २१ करोड ९७ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ११ करोड १८ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको नाफा ९६.४८ प्रतिशतले वृद्धि भएको हो । चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्म महाविपत्तीकोषमा ११ करोड ८३ लाख रुपैयाँ रहेको छ । यस अवधिमा कम्पनीको रिटेण्ड अर्निङ्गमा ९२ करोड १५ लाख रुपैयाँ रहेको छ । त्यस्तै, आर्थिक वर्ष २०७९–८० को असार मसान्तसम्ममा कम्पनीको जीवन बीमाकोषमा १० अर्ब ९१ करोड रहेको थियो । गत आर्थिक वर्षको असारमसान्तको तुलनामा पुष मसान्तसम्ममा कम्पनीको जीवन बीमाकोषको आकार १६.३० प्रतिशतले वृद्धि भएर १२ अर्ब ६९ करोड पुगेको छ । पुष मसान्तसम्ममा कम्पनीले २ अर्ब ७८ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १ अर्ब १८ करोड कुल बीमा शुल्क आर्जन गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको कुल बीमा शुल्क आर्जन १३६.०७ प्रतिशतले वृद्धि भएको हो । कम्पनीले यस अवधिमा २ अर्ब ६२ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १ अर्ब १० करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । गत वर्षको तुलनामा कम्पनीको खुद बीमा शुल्क आर्जन १३७.०५ प्रतिशतले वृद्धि भएको हो । समिक्षा अवधिमा कम्पनीले २८ करोड ७९ लाख रुपैयाँ अभिकर्ता कमिशन मार्फत खर्चिएको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १४ करोड ६१ लाख रुपैयाँ खर्चिएको थियो ।