free website hit counter

सानिमा लाइफद्वारा १३ लाख ५८ हजार मृत्यु दाबी भुक्तानी

beemaadmin
२०७८ असार १२, शनिबार

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले आफ्ना बीमितको निधन (जेठ १३, २०७८) पछि मृतकका परिवारलाई १३ लाख ५८ हजार पाँच सय रुपैयाँ मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीको महेन्द्रनगर शाखाले दाबी भुक्तानी रकम प्रदान गरेको हो । कम्पनीले भिमदत नगरपालिका ६ की सरस्वती कार्कीका श्रीमान प्रेम सिंह कार्कीलाई भुक्तानी वापतको १३ लाख ५८ हजार पाँच सय प्रदान गरेको हो । प्रदेश प्रमुख गणेश प्रसार उप्रेतीकोअध्यक्षतामा सम्पन्न कार्यक्रममा रकम हस्तान्तरण गरेको छ । महेन्द्रनगर शाखाका शाखा प्रबन्धक रोशन भट्ट, बजार अधिकारी गणेशराज जोशी, सिएई नन्द राज बिष्ट सहित वरिष्ठ एजेन्सी मेनेजर राजेन्द्र बहादुर बिष्ट वरिष्ठ एजेन्सी मेनेजर अम्बा दत्त जोशी लगायतको उपस्थिति थियो । कोरोना भएर मृत्यु भएका कार्की २०७७ असारमा १३ लाखको बीमा गरेका थिए । कार्किले हालसम्म एक किस्ता वापतको १ लाख ६ हजार ७ सय ११ कम्पनीमा जम्मा गरेका थिए ।

सम्बन्धित समाचार