free website hit counter

सानिमा लाइफद्वारा १४ लाख दाबी भुक्तानी

beemaadmin
२०७८ श्रावण २३, शनिबार

काठमाडौं । वैदेशिक रोजगारीको शिलसिलामा विदेशमै ज्यान गुमाएका एक बीमितका आश्रित परिवारलाई सानिमा लाइफ इन्स्योरेन्स कम्नपीले बीमा रकम हस्तान्तरण गरेको छ । बीमित पुरण बुढा मगरको वैदेशिक रोजगारिको क्रममा साउदी अरबमा असामयिक निधन भएपछि निजको हकवाला पिता मेरसिङ बुढा मगरको नाममा १४ लाख दाबी भुक्तानी हस्तान्तरण गरिएको हो । रकम हस्तान्तरण कार्यक्रममा कम्पनीका मुख्य प्रबन्धक गुणराज श्रेष्ठ, अन्डरराइटिङ्ग प्रमुख श्रीमती सुस्मिता राणालगायतको उपस्थिति थियो ।

सम्बन्धित समाचार