काठमाडौं । आवश्यक कागजात पूरा भएपछि बीमा दाबी भुक्तानीमा बिलम्ब हुन छाडेको छ । व्यवसायिक दक्षता अभिवृद्धि गर्दै गएका बीमा कम्पनीहरुले दाबी भुक्तानीलाई सहज बनाउँदै लगेका कारण बीमाप्रति आम नागरिकको धारणा नै परिवर्तन हुन थालेको छ । सानिमा लाईफ इन्स्योरेन्स कमपनीले आफ्ना बीमितको असामयिक निधनपछि कागजी प्रक्रिया पुरा गरेकै दिन बीमितका आश्रित परिवारलाई दावी भुक्तानी दिएको छ । सानिमा लाइफ इन्स्यारेन्स कम्पनी महेन्द्रनगर शाखाले बीमितको मृत्यु भएको १५ दिन नपुग्दै बीमा रकम हस्तान्तरण गरेको छ । कम्पनीले कञ्चनपुरको वेदकोट नगरपालिका–३ का स्व दिपक ओडकि श्रीमती निलम ओड लाई मृत्यु दावी भुक्तानी वापतको १ करोड ३४ लाख ५० हजार रुपैयाँ हस्तान्तरण गरेको हो ।
२०७७ बैशाखमा १ करोड रुपैयाँ बीमाङ्कको बीमा सानिमा लाइफमा गराएका ओडले ३० लाखको राइडर सुबिधा लिइ बीमाशुल्क बापत एक किस्ता वापतको ७ लाख नौ हजार ४४४ मात्र बुझाएको थियो। असार ३१ गते मोटरसाइकल दुर्घटना परि गम्भीर घाइते भइ उपचार गरिरहेको अवस्थामा यही २२ गते मृत्यु भएको थियो ।
कम्पनीका प्रदेश प्रमुख गणेश प्रसाद उप्रेतीको अध्यक्षतामा कार्यक्रम गरी पुर्ब मन्त्री एनपी साउद संविधान सभा सदस्य बहादुर थापाले सयुक्त रूपमा रकम हस्तान्तरण गरेको थियो । बीमितलाई छिटो छरितो मृत्यु दावी भुक्तानी गर्ने गरेको कम्पनीको नीति अनुसार कागजी प्रक्रिया पूरा भएको सोहिदिन दावी भुक्तानी गरेको प्रदेश प्रमुख उप्रेतीले बताए । सरल, सहज र सर्वसुलभ बीमा सेवाका लागि प्रतिबद्ध भएको प्रदेश प्रमुख उप्रेतीले बताए ।
उपस्थिति कार्यक्रममा सानिमा लाइफका महेन्द्रनगर शाखाका शाखा प्रबन्धक रोशन भट्ट, बजार अधिकारी गणेशराज जोशी बरिष्ठ एजेन्सी म्यानेजर अम्बा दत्त जोशी, गोपी सिंह साउद, मोहन सिंह बोहरा, चित्रदेब भट्ट, हिक्मत सिंह रावल, धर्मराज जोशी, भागरथि कुवर लगायतका समाजसेवी हेमराज ओझा, भोजराज भट्ट लगायत स्थानीय सहभागी भएका छन् ।