free website hit counter

सामाजिक कामसहित वार्षिकोत्सव सम्पन्न

beemaadmin
२०८० चैत्र २२, बिहीबार

काठमाण्डौ । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो स्थापनाको १६ औं वर्ष पुरा गरी १७ औं वर्षमा प्रवेश गरेको छ । कम्पनीले २०६४ चैत्र २१ गतेबाट कारोबार प्रारम्भ गरेको थियो । १७ औं वर्ष प्रवेशको उपलक्ष्यमा कम्पनीले चैत्र १५ गतेदेखि चैत्र २१ गतेसम्म देशभर संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विविध कार्यक्रमहरु आयोजना गरेको छ । वार्षिकोत्सवको अवसरमा कम्पनीले चैत २१ गते मैतीदेवीस्थित प्रधान कार्यालय परिसरमा रक्तदान कार्यक्रम आयोजना गरिएको छ । कार्यक्रममा कम्पनीको प्रधान कार्यालयका साथै काठमाण्डौ उपत्यकाभित्रका शाखा, उपशाखाका कर्मचारी, विभिन्न संघ संस्थाका प्रतिनिधि समेत ७० जनाले रक्तदान गरेका छन् । वार्षिकोत्सवका अवसरमा चैत्र १७ गते काठमाण्डौ उपत्यकाभित्रका कर्मचारीहरुबीच मैत्रीपूर्ण फुटसल प्रतियोगिताको आयोजना गरिएको थियो । साथै देशभरका ८० वटा शाखा,उपशाखा कार्यालयहरुमार्फत वृद्धाआश्रम, सामुदायीक विद्यालय, अनाथालय तथा सामाजिक संघ संस्थाहरुलाई शैक्षिक सामाग्री, खाद्यान्न तथा फर्निचर लगायत जिन्सी सामाग्री वितरण गरेको कम्पनीले जनाएको छ ।

वार्षिकोत्सवको अवसरमा प्रधान कार्यालयमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा कम्पनीको सञ्चालक समिति अध्यक्ष दिपक कुमार श्रेष्ठले एशियन लाईफ इन्स्योरेन्सको व्यवसायीक यात्रामा १६ वर्षदेखि निरन्तर सहयोग पु¥याउँदै आएका सबैप्रति आभार व्यक्त गरे । कम्पनीको चालू आ।व। २०८०र८१ को फागुनसम्ममा जीवन बीमाकोष रु ४१ अर्ब ३० करोड र कुल बीमाशुल्क रु। ४९ अर्ब रहेको छ । कुल लगानी रु। ४६ अर्ब १० करोड छ । यसैगरी चालू आर्थिक वर्ष २०८०र८१ को फागुन मसान्तसम्ममा कुल बीमाशुल्क रु। ५ अर्ब १५ करोड ८७ लाख आर्जन गरेको छ । कम्पनीमा १२ लाख ८२ हजार सकृय बीमालेख छन् । रु।३ अर्ब ३९ करोड ९८ लाख ९सूचीकृत हुन बाँकी बोनश सेयर समेत० करोड चुक्तापूँजी रहेको कम्पनीले निकट भविष्यमै ४२ प्रतिशत हकप्रद शेयर जारी गर्ने भएको छ ।

सम्बन्धित समाचार