free website hit counter

सिद्धार्थ इन्स्योरेन्सले दिनेभो १५ प्रतिशत लाभांश

beemaadmin
२०७७ चैत्र १२, बिहीबार

काठमाडौं । सिद्धार्थ इन्स्योरेन्स लिमिटेडले शेयरधनीहरुलाई १२ प्रतिशत बोनस शेयर वितरण गर्ने गर्ने भएको छ । इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको १२ प्रतिशत बोनस शेयर तथा सोको कर प्रयोजनार्थ सहित ३.७८९४ प्रतिशत नगद लाभांश गरी कुल १५.७८९४ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो। इन्स्योरेन्सको चैत ११ गते बसेको सञ्चालक समितिको १७१ औँ बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।

प्रस्तावित लाभांश बीमा समितिबाट स्वीकृत भइ आगामी वार्षिक साधारण सभाबाट पारित भएपश्चात सो लाभांश वितरण गरिनेछ। हाल इन्स्योरेन्सको चुक्ता पूँजी १ अर्ब रुपैयाँ रहेको छ। १२ करोड रुपैयाँ बराबरको बोनस शेयर जारी गरेपश्चात इन्स्योरेन्सको चुक्ता पूँजी १ अर्ब १२ करोड रुपैयाँ पुग्नेछ।

सम्बन्धित समाचार