काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीको ३०औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले आर्थिक वर्ष २०७९–८० का लागि प्रस्तावित चुक्तापुँजीको ११ प्रतिशत नगद लाभांश (करसहित) अनुमोदन गरेको छ । कम्पनीको चुक्तापुँजी २ अर्ब ८० करोड ६५ लाख ४९ हजार ९०० रुपैयाँ रहेको छ। जसअनुसार कम्पनीले ११ प्रतिशतले हुन आउने ३० करोड ८७ लाख २० हजार ४८९ रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। सभाले उक्त प्रस्ताव अनुमोदन गरेको छ । सभाले आर्थिक वर्ष २०७९–८० को वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदनसहितको वासलात, नाफा–नोक्सान हिसाब र नगद प्रवाह विवरण तथा सोसँग सम्बन्धित अनुसूचीहरु पारित गरेको छ । सभामा सञ्चालक समितिका तर्फबाट कम्पनीका अध्यक्ष सुरेश लाल श्रेष्ठले कम्पनीको वार्षिक प्रतिवेदन तथा वित्तीय विवरण प्रस्तुत गरेका थिए । सभाले संस्थापक शेयरधनीहरुको तर्फवाट सुरेश लाल श्रेष्ठ , पवन कुमार अग्रवाल , राहुल अग्रवाल, राजन कृष्ण श्रेष्ठ र सर्वसाधारण शेयरधनीहरुको तर्फवाट सुमित कुमार केडिया र प्रभु कृष्ण श्रेष्ठलाई आगामी ४ वर्षका लागि सञ्चालकको पदमा र्निविरोध निर्वाचित गरेको छ ।