free website hit counter

सुनको मूल्यमा नयाँ रेकर्ड कायम

beemaadmin
२०८१ आश्विन १८, शुक्रबार

काठमाडौं । एक सातामै सुनको मूल्यमा रेकर्ड ब्रेक भएको छ । आज शुक्रबार सुनको भाउ हालसम्मकै उच्च भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन प्रतितोला १ लाख ६१ हजार ३ सय रुपैयाँमा सुनको कारोबार भएको छ । यसअघि उच्च मूल्य रेकर्ड गत शुक्रबार १ लाख ६१ हजार २ सय रुपैयाँको थियो। अघिल्लो दिनको तुलनामा भने आज प्रतितोला ४ सय रुपैयाँले सुन महँगिएको हो । अघिल्लो दिन १ लाख ६० हजार ९ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । चाँदी पनि तोलामा ३० रुपैयाँ बढेको छ । अघिल्लो दिन तोलाको १९५० मा कारोबार भएको चाँदी यस दिन १९८० रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

सम्बन्धित समाचार

व्यतीत बीमालेख नवीकरणमा विशेष छूट

beemaadmin
२०८३ बैशाख ११, शुक्रबार

टक्सार पिखुवा खोला आईपीओ आउँदै

beemaadmin
२०८३ बैशाख ११, शुक्रबार

सानिमा बैंककाे नाफा बढ्याे

beemaadmin
२०८३ बैशाख ११, शुक्रबार