free website hit counter

सूर्यज्योति लाइफले बाढ्यो कर्मचारीलाई झण्डै ५ करोड बोनस

beemaadmin
२०८१ बैशाख २९, शनिबार

काठमाण्डौ। अग्रणी जीवन बीमा कम्पनी सूर्यज्योति लाइफ इन्स्योरेन्सले सेयरधनीहरुसँगै कर्मचारीलाई समेत मख्ख बनाएको छ । कम्पनीले गत आर्थिक वर्षमा आफ्ना कर्मचारीहरुलाई ४ करोड ९३ लाख रुपैयाँ बोनस वितरण गरेको छ । यो बोनस अघिल्लो आर्थिक वर्षको तुलनामा १५७.७९ प्रतिशतले बढी हो । आव २०७८–७९ मा कम्पनीले कर्मचारीलाई १ करोड ९१ लाख रुपैयाँ मात्रै बोनस वितरण गरेको थियो । कर्मचारीलाई बाँड्ने बोनससँगै सुर्यज्योति लाइफले कर्मचारीको तलब पनि ३४.३७ प्रतिशतले वृद्धि गरेको छ । अघिल्लो वर्ष कर्मचारीलाई १४ करोड ८० लाख रुपैयाँ तलब बाँडेको सो कम्पनीले गत वर्ष भने १९ करोड ८९ लाख रुपैयाँ तबल वितरण गरेको छ । त्यस्तै, कम्पनीले कर्मचारीहरुलाई दिने भत्ता पनि ६६.२४ प्रतिशतले बढाएको छ । अघिल्लो वर्ष १० करोड ४ लाख रुपैयाँ यस्तो शिर्षकका लागि छुट्याएको रकम गत वर्षमा भने १६ करोड ७० लाख रुपैयाँ छु्ट्याएको छ । कर्मचारीको स्वास्थ्य तथा दुर्घटना बीमाको लागि कम्पनीले १ करोड २५ लाख रुपैया छुट्याएको छ । यो रकम पनि १११ प्रतिशतले बढी हो । अघिल्लो वर्ष कर्मचारीको बीमाका लागि ५९ लाख रुपैयाँ छुट्याएको थियो । यसका साथै कम्पनीले गत वर्ष उपदान कोषमा ४४ लाख ८ हजार, सामाजिक सुरक्षा कोषमा २ करोड ५२ लाख रुपैयाँ, कर्मचारी विदावापत भत्ताका लागि २ करोड ९२ लाख, तालिम खर्चका लागि ७७ लाख र रोजगार अवधि समाप्तिपश्चात् कर्मचारीलाई दिइने लाभ रकमका लागि ७ करोड ६४ लाख रुपैया छुट्याएको छ । त्यस्तै, कर्मचारी युनिफर्मको लागि १८ लाख, कर्मचारी विदाईका लागि १९ लाख, कर्मचारी उत्प्रेरणा कार्यक्रमको लागि १ करोड ३८ लाख, आउटसोर्स कर्मचारी खर्चमा १ करोड ५९ लाख र अन्य सुविधाका लागि १५ लाख रुपैयाँ गरी कम्पनीले कर्मचारी सेवा सुविधाका लागि गत वर्षमा कुल ६२ करोड ६२ लाख रुपैयाँ खर्च गरेको छ । यो कुल रकम अघिल्लो वर्षको तुलनामा ७८.७६ प्रतिशतले बढी हो । अघिल्लो वर्षमा कम्पनीले कर्मचारी सुविधाका ३५ करोड ३ लख रुपैयाँ खर्च गरेको थियो । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट उत्कृष्ट लाभांश दिएर आफ्ना सेयरधनीहरुलाई समेत खुशी बनाएको छ । कम्पनीले गत आवको मुनाफाबाट कायम चुक्तापूँजीको १०.२६ प्रतिशत बोनस सेयर र २४.७४ प्रतिशत नगद लाभांश गरी कुल ३५ प्रतिशत लाभांश वितरण गरेको छ ।

सम्बन्धित समाचार