free website hit counter

हिमालयन एभरेस्टमा रोजगारीको अवसर

beemaadmin
२०८१ जेष्ठ २५, शुक्रबार

काठमाडौं । हिमालयन एभरेस्ट इन्स्योरेन्स लिमिटेडले विभिन्न पदमा कर्मचारी माग गरेको छ । कम्पनीले हेल्थ असिस्टेन्स र आईटी अफिसर पदमा केही कर्मचारी माग गरेको हो । हेल्थ असिस्टेन्सका लागि कम्तीमा आईटी, कम्प्युटर साइन्समा डिप्लोमा उत्तीर्ण वा सोसरहको योग्यता हुनुपर्नेछ । अनुभवीलाई प्राथमिकता दिइने कम्पनीले जनाएको छ । त्यस्तै, आईटी अफिसरका लागि आईटी, कम्प्युटर साइन्सका लागि प्रतिष्ठित विश्वविद्यालयबाट कम्तीमा स्नातक तह उत्तीर्ण गरेको हुनुपर्नेछ । इच्छुक र योग्य उम्मेदवारले असार ७ सम्म आवेदन दिन सक्नेछन् । पारिश्रमिक तथा सेवासुविधा कम्पनीको नियमानुसार हुने कम्पनीले जनाएको छ ।

सम्बन्धित समाचार