काठमाडौं । ग्राहकको सुरक्षा र लाभलाई ध्यानमा राखी बैंक अफ काठमाण्डू (बिओके) ले ‘बिओके सफलता मुद्दती खाता’ सार्वजनिक गरेको छ । बैंकले ग्राहकहरुको उच्चतम् लाभ तथा सुरक्षालाई मध्यनजर गर्दै ‘सफलता मद्दती खाताबाटै पूर्ण सुरक्षा’ भन्ने मुल नाराका साथ उक्त योजना सार्वजनिक गरेको बताएको छ । उक्त खातामा ग्राहकले ११ लाख रुपैयाँसम्मको बीमा सुबिधा सहित वार्षिक ९।७५ प्रतिशत ब्याजदरको सुबिधा पाउन सक्नेछन् । उक्त मुद्दती खाता २५ हजार रुपैयाँदेखी नै खोल्न सकिने र ग्राहकहरुले उक्त खाता खोली बीमा लगायत थुप्रै सुबिधाहरुको उच्चतम लाभ लिन सक्नेछन् ।साथै, बीमा सुबिधा अन्तर्गत दुर्घटनाबाट मृत्यु वा पूर्ण अशक्तताका भए ५ लाख रुपैयाँ, १८ घातक रोगहरु लागेको खण्डमा ५ लाख रुपैयाँ तथा औषधी उपचारको लागि १ लाख रुपैयाँको बीमा सुबिधा अन्तर्गत बहिरंग ९ओपीडी० को लागि २० हजार रुपैयाँ तथा अस्पताल भर्ना भई उपचार गर्दा ८० हजार रुपैयाँसम्मको बीमा सुबिधा पाइने बैंकले जनाएको छ ।
बैंकले सिद्धार्थ इन्स्योरेन्सको सहकार्यमा बीमा सुबिधा उपलब्ध गराएको छ । जस अन्र्तगत बीमा शुल्क बैंकले सिद्धार्थ इन्स्योरेन्सलाई भुक्तानी गर्नेछ । हालसम्म बैंकले ८७ शाखा कार्यालयहरु, ७८ एटीएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहक महानुभावहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।