free website hit counter

१५ लाखको हात खालि गर्दै युनियन लाइफको आइपीओ बाँडफाँट

beemaadmin
२०७८ असार ३१, बिहीबार

काठमाडांै । युनियन लाइफ इन्स्योरेन्सले सर्वसाधारणलाई निष्काशन गरेको प्राथमिक शेयर (आइपीओ) बाँडफाँट बिहीबारै हुने भएको छ । बिक्री प्रबन्धक प्रभु क्यापिटलको अनुसार कम्पनीको आईपीओ आजै बेलुकी बाँडफाँट हुँदैछ । कम्पनीको आईपीओ प्रिअलटमेन्ट सकेर नेपाल धितोपत्र बोर्ड पठाएको बिक्री प्रबन्धक प्रभु क्यापिटलले जनाएको छ । बिक्री प्रबन्धक प्रभु क्यापिटलको अनुसार कुल २१ लाख ८२ हजार ७७५ जना आवेदकबाट आवेदन परेका छ । त्यसमध्ये ६९ हजार ९७६ आवेदन दोहोरो आवेदन तथा विभिन्न करणले रद्ध भएका छन् भने योग्य २१ लाख १२ हजार ७९९ आवेदन परेको छ । मागभन्दा बढी आवेदन परेकोले कम्पनीको शेयर धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका अनुसार वितरण हुनेछ । त्यस अनुसार न्युनतम १० कित्ताको दरले कम्पनीको बाँडफाँट गर्दा ५ लाख ८० हजार ५०० जना आवेदकले शेयर पाउनेछन् । बाँकि १५ लाख ३२ हजार २९९ जना अर्थात करिब ७३ प्रतिशतले शेयर नपाउने देखिएको छ । कम्पनीले कुल जारी पूँजी २ अर्ब १५ करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने ६४ करोड ५० लाख रुपैयाँ बराबरको ६४ लाख ५० हजार कित्ता शेयर निष्काशनमा ल्याएको थियो । त्यसमध्ये ५ प्रतिशत अर्थात ३ लाख २२ हजार ५०० कित्ता कर्मचारीहरुलाई र अर्को ५ प्रतिशत सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरी बाँकी ५८ लाख ५ हजार कित्ता शेयर सर्वसाधारणको लागि बिक्रीमा ल्याएको थियो ।

सम्बन्धित समाचार