काठमाडौं । शुरुमा भुक्तानीमा ठूलो समस्या देखिएपछि अर्थमन्त्रालयले पटक पटक ताकेता गरेपछि सहज रुपमा भुक्तानी हुन थालेको कोरोना बीमाको भुक्तानी पाउनेको संख्या २० हजार नाघिसकेको छ । कोरोना बीमाको भुक्तानी पाउनेको संख्या २० हजार नाघेको छ ।
बीमा समितिका अनुसार सोमबारसम्म कुल २० हजार ७ सय ७५ जना संक्रमितले बीमा भुक्तानी पाएका छन् । हालसम्म ४१ हजारल यस्तो भुक्तानीका लागि दाबी गरेकोमा सो संख्यामा बीमितले भुक्तानी पाएका हुन् । सो भुक्तानीका लागि कुल २ अर्ब २ करोड १ लाख रुपैयाँ खर्च भएको समितिले जनाएको छ ।
भुक्तानी पाउन बाँकीमध्ये ३ हजार ६ सय ७८ जनाको प्रोसेसिङ ७८ जनाको भुक्तानी प्रक्रियामा रहेको ७ हजार २ सय ५४ जनाको फाइल इपिडिमियोलोजी तथा रोग नियन्त्रण माहाशाखामा पठाइएको, २३ वटा फाइल महाशाखाबाट आउन तयारी अवस्थामा रहेको तथा २ हजार ५ सय १२ वटा फाइल सक्बन्धित कम्पनीमा फिर्ता पठाइएको जनाइएको छ ।
त्यस्तै १ सय ६० जनाको दाबी अस्वीकार गरिएको बाँकी ६ हजार ७ सय ४५ जनाको फाइल भेरिफिकेसनको प्रक्रियामा रहेको उल्लेख गरिएको छ ।