free website hit counter

८ लाख क्षतिपूर्तिको कोरोना बीमा योजना रोकियो

beemaadmin
२०७७ असार २३, मंगलवार

काठमाडौं । नियामक निकायको परिििधलाई तोडेर एक बीमा कम्पनीले ल्याउन लागेको बीमालेखलाई बीमा समितिले रोकिदिएको छ । कोरोना बीमामा ८ लाख रुपैयाँसम्म क्षतिपूर्ति दिने गरी एक बीमा कम्पनीले गरेको तयारी बीमा समितिले रोकेको हो । कम्पनीले ८ लाख, ५ लाख, ३ लाख, १ लाख र ५० हजार रुपैयाँ बिमांकको बीमा गर्ने तयारी थालेको थियो । बीमा समितिले बैशाख पहिलो सातादेखि कोरोना बीमा सुरु गरेको थियो । सो बीमाको बिमांक रकम १ लाख रुपैयाँ र ५० हजार रुपैयाँ हुने तय भएको थियो । समितिले ल्याएको कोरोना बीमाको बिमांक बढाउनु पर्छ भन्ने आवाज उठिरहेको अवस्थामा एक कम्पनीले ८ लाख रुपैयाँसम्म बिमांक हुने गरी आफ्नै प्रकारको बीमा योजनाको तयारी गरेको थियो । कम्पनीले गरेको तयारी अनुसार कोरोना बीमामा दाबी भुक्तानी दिन नसकिने अवस्था भएकोले रोकिएको समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले जानकारी दिए । कोरोना बीमाको पुनर्बीमा भएको छैन । यसबाट प्राप्त भएको बीमा शुल्क रकमको एउटा कोष बनाइएको छ भने सो कोषको रकमबाट नपुगेको अवस्थामा नेपाल पुनर्बीमा कम्पनी, सबै निर्जीवन बीमा कम्पनी, सरकार र बीमा समितिले तोकिए अनुसार दाबी भुक्तानी गर्ने व्यवस्था मिलाइएको छ । सो बीमा कम्पनीले भने घातक रोग बीमालाई पनि कोरोना बीमामा समायोजन गरेर मृत्यूपछि मात्रै दाबी भुक्तानी हुने गरी बिमांक तोकेको थियो । समितिले भने १ लाख रुपैयाँ र ५० हजार रुपैयाँ मात्रै बिमांक हुने व्यवस्था मिलाएको छ ।

सम्बन्धित समाचार