असार २१ गते गुरु पूर्णिमा । २७ गते विश्व जनसंख्या दिवस । २८ गते रवि सप्तमी
मेष : संयमित भै खानपान र जीवनचर्यामा ध्यान दिए स्बास्थ्य समबन्धि समस्याबाट मुक्त भइनेछ । पक्कापक्की भै सकेका व्यवसाय सञ्चालनमा ढिला सुस्ती हुन सक्छ । गोपनियता भंग भै काममा धोका हुन सक्छ । प्रयत्न गरे अरुको मन सजिलै जित्न सकिनेछ । वैदेशिक योजना सफल हुन सक्छ ।
वृष : यो साता तपाईको लागि उन्नती तथा परिवर्तनकारी सप्ताह रहुनेछ । उपल्लो दर्जाका व्यत्तिहरुले महत्वपुर्ण सुझाव तथा जीम्मेवार दिनेछन । कृषि क्षेत्रमा लगानी गर्ने प्रस्ताव आइलाग्न सक्छ । कर्मचारीवर्गका निम्ति थप जिम्मेवारी आइलाग्ने सम्भावना छ । साताको अन्त्यमा विभिन्न परिकारका भोजन तथा सुन्दर वस्त्रले पहिरनले आनन्दित तुल्याउनेछ ।
मिथुन : सामाजिक क्षेत्रमा किर्तिमानी कार्य गरि लोकप्रियता आर्जन गरिनेछ । दुई आत्मा बिचको सुन्दर सम्बन्ध निकै अगाडि बढिसकेको अवस्था छ । ठुलाबडासगँको प्रत्यक्ष भेटघाटले योजनाहरु सहज रुपमा सम्पन्न गर्न सहयोग पुर्याउनेछ । घरायसी आर्थिक लेनदेन तथा कारेबारबाट टाडै रहनु नै उत्तम हुनेछ ।
कर्कट : दृडताका साथ गरिएका सबै खाले कार्यमा सफलता हात लाग्नेछ । अर्कालाई बढी विश्वास गरि पछि लाग्दा अभिभावक चिडिने छन । जिद्दी गर्ने स्वभावले समस्या आउन सक्छ । विशेष कार्य योजनाको जग बसाउन प्रेमिकाले साथ दिनेछिन । अर्काको आश गरि बस्नाले पछि परिनेछ ।
सिंह : सुनौलो रंगको पहिरनले कार्य सम्पन्न गर्न सहजता महसुश हुनेछ । मनपराउनेले घुमाउरो भाषा प्रयोग गरि प्रेम प्रस्ताव राख्दा मुटुको धडकन बढ्न सक्छ , संयमता अपनाउनु होला । हेलचेक्रयाँइ गरि यात्रा गर्दा आर्थिक नोक्सानको थप भार पर्नेछ । नयाँ कार्य सफल पार्न खर्च र मेहनतको जरुरी पर्नेछ ।
कन्या : होश नपुर्याइ निर्णय गर्दा ससाना कुराहरुमा आलोचित हुनु पर्नेछ । आफनो नामबाट अरुले फाइदा उठाउन सक्छन । दैनिक कार्यहरु ओझेलमा पर्दा आर्थिक अभाव सिर्जना हुन सक्छ । सोमबार देखी शुभ चिन्तकहरुको साथ र विद्धवानहरुको सहयोग जुट्नेछ ।
तुला : सामाजिक सञ्जालबाट मन भित्राका भावना आदनप्रदा गरिनेछ ,विचार पुर्याएर निर्णय गनुहोला । ज्येष्ठ व्यक्तिको सुझाव संकलन गरि अघि बडे आफु सुरक्षित भइनेछ । साताको अन्त्यमा सानातिना घरायशी काममा अल्झिएर महत्वपुर्ण कार्य छुट्न सक्छन सचेत रहुपर्नेछ ।
वृश्चिक : इष्र्या गर्नेरु पछि लागेको अवस्था छ भविष्यको लागि विशेष कार्यमा जग बसाउने सकिनेछ । धैर्य पूर्वक सुर्य देवको आरधना गर्न सके सम्पुर्ण बाधाहरु स्वतः निमुल हुनेछ । पारिवारिक वादविवादबाट टाडा रहदाँ नै आफनो कल्याण हुनेछ ।
धनु : आफुले चालेका महत्वपूर्ण कार्यहरु ओझेलमा पर्नाले मनमा चोट पर्न सक्छ । सामाजीक तथा परोपकारी क्षेत्रमा धन खर्च गरिनेछ । सेता रंगको प्रयोगले निराशा उत्साहमा परिणत हुनेछ । साताको अन्त्यमा अन्नदान गर्न सके तनावबाट पूर्ण मुक्त भइनेछ ।
मकर : साथीभाइ तथा आफन्तबिच सामाजिक दुरी कायम गर्न सक्दा सबैको कल्याण हुनेछ । समाजमा अफबाप फैलाउनेप्रति सजक रहनुहोला । बन्न लागेका कार्यहरु ओझेलमा पर्नेछन विवेक तथा धैर्यता पूर्वक निर्णय गर्दा उपयुक्त होला । साताको अन्त्यमा खानपान तथा स्वास्थप्रति सजकता अपनाउनुहोला ।
कुम्भ : देखासिकी गर्नेहरु भित्रभित्रै डाह गर्न थाल्नेछन । सोच विचार नगरी आर्थिक सहयोग गर्ने बचन दिदाँ प्रतिकुल परिस्थिति आइलाग्न सक्छ । हरिया रंगहरु अवलम्बन गर्न सके चुनौति सामना गर्न सहज हुनेछ । नयाँ कार्य क्षेत्रहरु पहिचान गरी सफलता समेत हात पारिनेछ ।
मीन : टाडाको साथीको सुझावलाई अनुशरण गर्दा आथिक संकट टार्न सकिनेछ । सहयोगिका प्रस्तापहरुलाई स्वीकार्दा फाइदा नै हुनेछ । नसोचेको विषयले फजुल खर्च गराउनेछ । विपरित लिङ्गी साथीलाई बचन दिदाँ संयम अपनाउनुहोला । नौला स्थानको भ्रमण गर्दा स्वास्थप्रति बिशेष ध्यान दिनुपर्नेछ ।