free website hit counter

एकै पटक थप १७ जनामा कोरोना संक्रमण

beemaadmin
२०७७ बैशाख २४, बुधबार

काठमाडौं । नेपालमा झन पछि झन संक्रमित थपिने क्रममा छन् । थप १७ जना कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरुमध्ये एक जना दुई महिने शिशु पनि रहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार संक्रमितकहरु वीरगञ्जका हुन् । संक्रमित हुनेमा १० जना पुरुष र ७ जना महिला रहेका छन् । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ९९ पुगेको छ ।

सम्बन्धित समाचार