free website hit counter

कोरोनाले लियो दुई वर्षीया बालिकाको ज्यान, संक्रमित ५ दर्जन थपिए

beemaadmin
२०७७ जेष्ठ १८, आईतवार

काठमाडौं । कोरोनाका संक्रमण देशव्यापी बनिरहँदा उमेर समूहमा कम जोखिममा भनिएका बालबालिका पनि संक्रमित हुन थालेका छन् । बाजुरामा दुई वर्षीया बालिकाको कोरोना भाइरसका कारण मृत्यु भएको पुष्टि भएको छ । जिल्ला अस्पताल बाजुराको आइसोलेसनमा उपचाररत उनको शनिबार राति करिब २ बजे मृत्यु भएको थियो । उनलाई १५ गते अस्पताल भर्ना गरिएको थियो ।

थप ६० जनामा कोरोना पुष्टि
फेरि ५ दर्जन मानिसमा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश २ मा आइतबार बिहान मात्रै ६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसअनुसार रौतहटमा २९ जना, धनुषा २१ जना, सर्लाहीमा १० जना, संक्रमित भएका छन् । रौतहटमा संक्रमति भएकाहरु मध्ये दुर्गाभगवती क्वारेन्टिनका ८ जना, मदरसा क्वारेन्टिनका १० र गौर क्वारेन्टिनका ११ हुन । त्यसैगरी धनुषामा संक्रमति भएकाहरु मध्ये मुखियापट्टी मुसहरनिया क्वारेन्टिनका ११ जना, गोपाल धर्मशालाको ९ जना र एकजना गणेशमान चारनाथ नगरपालिकाका हुन । त्यसैगरी सर्लाहीमा संक्रमित भएका मध्ये हरिपुर नगरपालिकाका ७ जना र बहम्पुरी गाँउपालिका क्वारेन्टिनका ३ जना रहेका छन् । उनीहरु सबैको स्वाब टेकुस्थित प्रयोगशालामा परीक्षण गरिएको थियो ।

सम्बन्धित समाचार