मेष : यो साता शेयर सम्बन्धी कारोबारले फाइदा दिलाउनेछ । सोच विचार नगरी अरुलाई बचन दिदाँ प्रतिकुल परिस्थिति आइलाग्न सक्छ । नयाँ कार्य क्षेत्र पहिचान गरी मुनाफा हात पार्दा साथीभाइहर छक्क पर्नेछन । कार्य व्यस्तता बढी हुने हुदाँ स्वास्थमा बिशेष ध्यान दिनुपर्नेछ । साताको अन्त्यमा भोज भतेरमा सहभागि भइनेछ ।
वृष : प्रतिस्प्रर्धिलाई उछिन्ने कडा मेहनतको जरुरी पर्नेछ । अहोरात्रको परिश्रमले महत्वपूर्ण जिम्मेवारी दिलाउने सम्भावना छ । अनाथलाई गरिएको सहयोगबाट प्रशंसा पाउला । जागिरमा पदोन्नती सहित स्थान परिवर्तनको संयोग आइलाग्न सक्छ । उत्तरतर्फको यात्रामा सावधानी अपनाउनुहोला । पाचन प्रक्रियामा कमजोरीपन देखा पर्न सक्छ , हेक्का राख्नहोला ।
मिथुन : क्रमिक रुपमा अधुरा कार्यहरु पुरा हुनेछन । साथीभाईबाट सोचे जस्तो सहयोग मिल्नेछ । मन पराउनेको मन परिवर्तन हुदाँ तनाव सृजना हुन सक्छ । जिद्धी नगर्दा नै आफुलाई फाइदा पुग्नेछ । अभिभावकको योगदानले आफुलाई थप उचाइमा पुर्याउर्नेछ ।
कर्कट : बाहिरी कुराको प्रभावले प्रेमीका टाढिने छिन उनको भावना बुझने प्रयास गर्नुहोला । साताको मध्यमा आर्थिक पक्षमा सुधार आउनेछ । पैतृक चलअचल धन खरिद बिक्री हुने सम्भावना छ । भित्रभित्रै डाह गर्नेहरु परास्त हुनेछन । सप्ताहन्त्मा मनोरञ्जन तथा गित संगिमा आकर्षित भइनेछ ।
सिंह : स्वाभिमानले कार्य सम्पन्न गर्न सकिनेछ । मन पर्ने व्यात्तिहरुसगँको भेटघाटले साता उत्साहप्रद रहनेछ । पारिवारीक जमघटमा रमाइलो गर्दा खर्चको मात्रमा वृद्धि हुनेछ ।साताको अन्त्यमा हडडी तथा नशा सम्बन्धी समस्याले पिरोल्न सक्छ सावधानी अपनाउनुहोला ।
कन्या : विपक्षीहरु प्रतिष्ठामा ठेस पुर्याउन लागिपरेको अवस्था छ । बोलिको मघुरताले परास्त गर्न सकिनेछ । आफनै कमजोरीका कारण साथीभाइको कुरा विश्वास गर्दै मन पराउनेहरु टाढिन सक्छन , शंकालाई विश्वासमा परिवर्तन गर्नु जरुरी छ । रात्रिको समयमा यात्रा गर्दा संयमता अपनाउनुहोला ।
तुला : सामाजिक सञ्जालमा परिचित नयाँ मित्रबाट अपेक्षा गरेभन्दा बढी लाभ लिन सकिनेछ । अभिभावकसगँ बिचार नमिल्दा थप केही मनमुटाव सृजना हुनसक्छ ।सकरात्मक बिचारले प्राविधिक क्षेत्रतर्फ डोर्याउन सम्भावना छ । सामाजिक क्षेत्रमा पहिचान स्थापित हुने सम्भावना टरेको छैन । साताको अन्त्यमा खराब नियतका व्यक्तिहरुले पिछा गर्न सक्छन सचेत रहनुहोला ।
वृश्चिक : पूर्वयोजना सफल भै सोचे जस्तो परिणम हात पर्दा सम्झनालायक साता रहनेछ । साथीधाई माझ नेतृत्व गर्ने अवसर प्राप्त हुनसक्छ । विपरितलिंगीको प्रस्तावमा आलटाल गर्दा दुरी वढ्न सक्छ । चिसो वातावरणमा मनोरञ्जन गर्दा स्वास्थको ख्याल राख्नुहोला ।
धनु : दोहर्याइएर गरिएको प्रयासले नै आर्थिक हैषियत उचाइमा पुग्नेछ । साथीभाइ तथा परिवारजनसगँ बाहिरी भ्रमणको मुहुर्त जुर्नेछ । ससाना कारणले स्वास्थ बाधा उत्पन्न हुन सक्छ, सुर्यदेवको आरधना गर्न सके सहजता महशुस हुनेछ । साताको अन्त्यतिर आर्थिक भार बढेर मन खिन्न हुन सक्छ ।
मकर : गृह सजावट सम्बन्धी सामग्री खरिद गर्न मन लोभिनेछ । परिवार तथा नजिकका नाताबाट मंगलिक कार्यको प्रस्ताव आइलाग्न सक्छ । वाणीप्रति संयमता ल्याउन सके आफुलाई विशेष फाइदा पुग्नेछ । अग्लो स्थानको यात्रा नगर्दा नै भलो हुनेछ । प्राविधीक विषयको अध्ययनमा थप सफलता मिल्नेछ ।
कुम्भ : धातु तथा फलामजन्य क्षेत्रमा लगाानी गरी मुनाफा आर्जन गर्न सकिनेछ । मनभित्रका डर , भय , चिन्ता स्वतः उत्साहमा परिणत हुनेछन । कुरा काटनेहरु तपाईको जीवनशैली परिर्वतन भएको देखेर लोभिनेछन । आफनै हेल्चेक्रयाइँका कारण यात्रामा महत्वपुर्ण कागजातहरु छुट्न सक्छन, सावधानी रहनुपर्नेछ ।
मीन : आय आर्जनमा वृद्धि भएता पनि खर्चको मात्रा रोकिने छैन । हालसालै थालिएका कार्यबाट फाइदा पुग्ने नै देखिन्छ राज्य स्तरबाट कार्य सम्पन्न गर्न केही समय कुर्नु पर्नेछ । विदेशी पाहुनासगँको उठबसले मनोरञ्जन दिलाउनेछ । मौसम अनुरुप खानपानमा ध्यान दिनु होला ।