आश्विन २३ गते विश्वहुलाकदिवस । २७गते परमा एकादशीव्रतः ।
मेष : हातलागेका अवसरहरुलाई निरन्तरतादिन सके भविष्यकाचिन्ता सहजै निर्मुल हुनेछन । चियोचर्र्चा गर्नेहरुसगँ सावधानीअपनाउनु पर्नेछ । प्रेम प्रेमिकाविचको खटपटमा मलमलगाउननयाँ रणनितीको आवश्यकता पर्नेछ । साताको अन्त्यमा सवारी साधनखरिद गर्न उत्सुक भइनेछ ।
वृष : धन प्राप्ती गर्नका निम्ति पेशाव्यवसायएवं स्थान परिवर्तन समेत हुन सक्छ । नयाँकिसिमको भावि योजनातर्जुमा गदै समय खर्चीनु पर्ने अवस्था छ ।सवारी साधनखरिद गर्ने वातावरण केही समय धकेलिन सक्छ । पारिवारीक सदस्य सहितधार्मीक कार्यमा सहभागीहुदै मठ मन्दिरमा भ्रमण गरिनेछ । चिसोबाट स्वास्थ जोगाउनुहोला ।
मिथुन : व्यवसायमाथपमुनाफादिलाउनमित्रहरुले खुलेर सहयोग गर्नेछन । सामाजीक संध संस्थामा सेवागर्दा सके सम्म कमबोल्नु आफनो हितमाहुनेछ ।अभिभावकको प्रेरणा तथाहौसललापथपर्दशक सावितहुनेछ जसले अन्नतःउचाइमा पुर्याउनेछ । पेट सम्बिन्धि समस्याले पिरोल्न सक्छ । बाहिरी खानेकुरा खादाँबिचार पुर्याउनुहोला ।
कर्कट : प्रयत्नगर्दा लक्ष्यमापुग्न सकिनेछ । तपाईको लगनशिलताले राम्रै प्रतिष्ठा दिलाउनेछ । प्रतिस्पर्धाको दौडमा सहपाठीहरुलाई पछि पारिनेछ । रचनात्कमकाम गरेर धेरैलाई आकर्षित गर्न सकिनेछ । तपाईको जुक्तिबुद्धिलाई साथीभाइले अनुमोदनगर्दै सहकार्य समेत गर्नेछन । लामो तथा छोटा यात्रा गर्ने सम्भावना छ ।
सिंह : यो साता पढाइ लेखाइमा त्यति ध्यानदिननसकिएला । चासो नभएकाविषयमा सरोकार राख्दादुःखपाइनेछ । सामाजिक सञ्जालमार्फत मन मिल्ने साथी भेटिनुका साथै प्रेमको बन्धन समेत कसिन सक्छ । इटा रंगको अवलम्बन गर्न सके चुनौतीको सामना गर्न उर्जा मिल्नेछ । साताको अन्त्यमाचिसो सम्बन्धी समस्याले सताउन सक्छ ।
कन्या : राजनैतिकतथाविवादितबिषयको नेतृत्व गरी कामगर्न अग्रसर भइनेछ । कुरा काट्नेहरु तथाअसहयोगीहरु स्वतःनिर्मुल भै गरेका कार्यबाट राम्रो प्रतिफलहात पर्ने सम्भावना छ । मन भित्रउब्जिएका चन्चलताबाट संयमता रहनु पर्नेछ । भोज भतेर तथामनोरञ्जनमा सहभागीहुदाँ समयको ख्याल गर्नुपर्नेछ ।
तुला : शक्तिशालिव्यत्तिसगँको भेटघाटले नौला कुरा सिक्ने अवसर जुटाउनेछ । खराब आचरण भएकाहरुबाट टाढा रहदा नै आफनो कल्याण हुनेछ । सहयोगकाहात बढ्नाले आर्थिक हैरानी पर्नेछैन । प्रेमिकाको सहयोग र सदभावबाटै उचाइमापुग्न सकिने छ । विभिन्नप्रतियोगीताहरुमा सहभागीजनाउँदा सफलताहातलाग्नेछ ।
वृश्चिक :आफ्नै प्रयासले उन्नतिको मार्ग पहिल्याइनेछ ।आँटेको काममा विशिष्ट व्यक्तिहरुको आर्शिवाद रहनेछ । भविष्यकानिम्तिदिगो जग बसाउने बेला आएको छ । निजीतथा सरकारी क्षेत्रमा नोकरी प्राप्तहुने सम्भावना छ । विद्धानहरुको संगतमानयाँ कुरा सिक्ने अवसर समेतप्राप्तहुनेछ ।
धनु : पुरुषार्थले अप्ठ्यारा समस्या सुल्झाउदै धन एवं प्रतिष्ठा दिलाउन सक्छ । प्रतिकुल परिस्थितिमाशुभचिन्तकहरु कमै हुनेछन भने फाइदा उठाउनेहरु प्रशस्त भेटिनेछन । तत्काललाई समस्या देखिएपनिविहिवारदेखि प्रगतिको मार्ग पहिल्याउन सकिनेछ । काम देखाएर धेरैको प्रशंसा बटुल्न सकिनेछ । समाजसेवातर्फ आकर्षित भइनेछ ।
मकर : पारिवारीक खिचलोमा पछि हटदा आफुलाई फाइदापुग्नेछ । प्रतिस्प्रर्धाले नै अवसर आफनो पोल्टामा पारिनेछ । पूर्व परिचितमित्रसगँको भलाकुसारी प्रेम जीवनमा परिणत हुनेछ । दिगो फाइदाहुने कामशुभारम्भ हुने योग छ । रात्रिको समयमा सवारी साधनचलाउदाँ सचेतताअपनाउनुहोला ।
कुम्भ : तार्किक क्षमताएवं बोलिको प्रभावले स्वरोजगार भइनेछ प्रयत्न गर्नुहोला । प्रेमिकाको सुझावले नयाँकार्य सम्पन्न गर्न सकिनेछ । अफिसियलतथा घरायसीदुबै तर्फको बोझिलो कार्यले तनावसिर्जना गर्न सक्छ योग, ध्यान र दैनिकी भ्रमणले मानसिक पिडा कमहुनेछ ।
मीन : ढिलै भएपनितथ्य कुरा पत्तालगाई असहज परिस्थितिको सामना गर्न सकिनेछ । आफ्नो क्षमताप्रदर्शन गरि इनामप्राप्त गर्ने अनुकुल समय छ । मन मिल्ने साथीको सुझावमामात्र भर पर्दा पछि परिएला । नाटकिय प्रेम गरी झुक्याउनेसगँ सचेत रहनुहोला । साताको अन्त्यमाधार्मीक कार्यमा संलग्नभइनेछ ।