विजयादशमीको हार्दिक मङ्गलमय शुभकामना ।
कार्तिक ८ गते महाअष्टमी । ९ गते महानवमी । १० गते विजयादशमी । पापांकुशाएकादशी । १४ गते कोजाग्रत पुर्णिमा ।
दशै टिका साइत काठमाडौ प्रातः १० : १९ बजे । New York USA 25 October प्रातः ११ : ०५ । London 25 October प्रातः ११ : ३९ । Tokyo, Japan 26 October प्रातः १०: ३५ । Dubai 26 October प्रातः १० : ४३ Qatar 26 October प्रातः १० : २१ । Saudi Arabia 26 October प्रातः १०:२५ ।
मेष : सोमबार पछिका दिनहरुमा सबपरिवार पूण्य आर्जनतर्फ आकर्षित भै सहभागि समेत भइनेछ । खानपानको असावधानीले स्वास्थमा समस्या देखा पर्न सक्छ बढि मात्रामापानी सेवनले स्वास्थअनुकुलहुनेछ । सामाजिक सञ्जालमार्फत प्राप्तभएकाशुभकामना सन्देशलाई धन्यबाद टक्राउँदा भ्याइनभ्याइहुनेछ । रात्रिको यात्रागर्दा अनावश्यक झनझट आइलाग्न सक्छ ।
वृष : सातामा सुरुका दिनहरु मनोरञ्जनात्मक रहनेछन । दुई चार स्थानको धार्मिक भ्रमण गर्ने जमर्को गरेतापनि स्थलमापुग्न सकिने छैन । सबै खाले साथिभाइहरुसगँविश्वासमा परी भ्रमणमा जानअभिभावकले बन्देज लगाउन सक्छन । साताको अन्त्यमाचिसोबाट टाडै रहनु वेश हुन्छ । आहार बिहार गर्दा संयमताअपनाउनु नै उचितहुनेछ ।
मध्यतिर घरायसी चटारोले बोझिलो कार्यभार आइलाग्न सक्छ । पारिवारीक सदस्यहरुले मन दुखाइमा हेक्का राखी साथदिनु उचित हुन्छ । सवारी साधन खरीद गर्ने अवसर छ । व्यक्तिसगँको भेटघाटले नौला कुरा सिक्ने अवसर जुटाउनेछ
मिथुन : विदेशबाट फर्किएका साथिभाईसगँको भेटघाटमा नौलो जानकारी सहितविविध स्थानमा भ्रमण गरिनेछ । सुन्दर वत्रमा ठाँटिदा सबैको नजर तपाई माथि नै पर्नेछ । नौला परिकारहरुको रशास्वादन गर्न पाइने छ । मौसमी फेरवदलबाट आइलाग्ने सानातिनाशारिरिक पिडाले पिरोल्ने सम्भावना छ विचार पुर्याउनुहोला ।
कर्कट : खर्च भएतापनि टाढाको रमाइलो यात्रा गर्ने अवसर जुटन सक्छ । हृदयबाट मन पर्ने व्यात्तिहरुसगँको भेटघाटले साताउत्साहप्रद रहनेछ । सेवामुलककाम गरेर नाम दाम एवं प्रतिष्ठा कमाउन सकिनेछ । खानपानको निम्तोमा संलग्नहुदाँ स्वास्थको ख्यालगनुपर्नेछ । अवेर सम्म यात्रागर्दा समयको ख्याल गर्नुपर्नेछ ।
सिंह : मनोरञ्जनकाक्रममामहत्वपुर्ण कार्यहरु छुट्न सक्छन । मन मिल्ने साथीहरुले नगद सापटीको अपेक्षा राख्नेछन । परिस्थितिलाई बुझेर अधि बढ्नु होला । मान्यजनको आर्शिवादले लक्ष्यमापुग्नउर्जा प्राप्तहुनेछ । परिचिततथाअपरिचित मित्रजनहरुबाट यथेष्ट शुभकामनापाइनेछ । साताभरि मिष्ठान्न भोजन तथा भेटघाटबाट आन्नदलिइनेछ ।
कन्या : आफुसगँभएको क्षमताप्रदर्शन गर्ने अवसर जुटन सक्छ । परोपकारी कार्यमा उत्सुकता बढ्नेछ । मंगलबार पछिका दिनहरुमा ठुलाबडाबाट आर्शिवादप्राप्त भै मन प्रफुल्लितहुनेछ । खानपानतथा दैनिकजीवनचर्यामा ध्याननदिदाँ स्वास्थले साथनदिन सक्छ । सप्ताहन्त्यमा खरानी रंगको पहिरनले थपआम्दामी गर्न सहयोग पुर्याउनेछ ।
तुला : पुण्य आर्जनको काममा सरिक हुनपाइनेछ । साथीसङ्गीहरुसगँको भ्रमण खानपानतथा फेसनमा राम्रै धन खर्च गर्नु पर्ने हुन सक्छ । घरायसी सामाग्रीखरिदमापारिवारीक मत्तान्तर देखा परे पनिखानपान वस्त्र एवं आधुनिक उपकरणहरु खरिद गर्न मत्तमिल्नेछ । योजनाकार्यन्यनमा ढिला गर्नले आफै पछि परिनेछ । विविध स्थानमायात्राको साइतजुर्ने सम्भावना छ ।
वृश्चिक : विदेशीपाहुनाले दिएकाउपहार देख्दावरिपरीका छिमेकीहरुले समेत लोभिनेछन । पारिवारीक जमघटमा तपाईको मंगलिककार्य सम्पन्न गर्ने तिथितयहुने सम्भावना छ । बेग्लाबेग्लै मुलुकबाट स्वदेश फर्केका साथीहरुसगँभलाकुसारी गर्दै साताव्यत्तितहुनेछ । पारिवारका सदस्यहरुको संलग्नतामाधार्मीक भ्रमण तथायात्रा तय गरिनेछ ।
धनु : सामाजिकतथा संस्कृतिक समारोहमा विशिष्ट व्यक्तिहरुसगँ परिचित भै महत्वपूर्ण सुझावपाइनेछ । घर परिवार तथानजिककानातामामंगलिककार्य हुन सक्छ । अपरिचित स्थानमा रात्रीको समयमायात्रागर्दा सावधानीअपनाउनु होला । साताकामध्यदेखि पारिवारिक वातावरणमा खुसी छाउनेछ । रुचिअनुरुपभोजन लिदाँ स्वास्थबाट साथपाइनेछ ।
मकर : प्रायः भेट गर्दै भावना साट्ने विपरीत लिंगी साथी चिडिने सम्भावना छ । सोमबार पछिका दिनहरुमाधार्मीक भ्रमणमा संलग्नहुदाँआत्माविशवासको वृद्धि हुनेछ । मन लोभ्याउने पहिरन खरिद गर्ने क्रममा बढी मुल्यतिर्नु पर्ने बाध्यताआइलाग्न सक्छ । मन मिल्ने साथीहरुबाट सामुहिकलगानीले व्यवसाय सञ्चालन गर्ने प्रस्तावअनुमोदनहुने सम्भावना छ ।
कुम्भ : आतिथ्यपूर्ण सम्मानमा सरिक भइनेछ । प्रशस्तआम्दानीहुने कार्यमा सम्झौता गर्ने समय नजिकिदै छ उक्तकार्यले प्रसिद्धि दिलाउनेछ । अपरिचित व्यत्तिबाट प्रेमको प्रस्तावआउने सम्भावना टरेको छैन अभिभावकको सुझावअनुरुप निणर्य गर्नुहोला । सोचे भन्दा धेरै दाम संकलनहुन सक्छ । साताको अन्त्यमापारिवारीक जमघटमा रमाउँदाअनावश्यकखर्च गर्ने प्रयत्न गरिनेछ ।
मीन : पुराना साथीभाइसगँ भेटघाट गर्ने संयोग जुर्नेछ । आकस्मिक रुपमानगदतथाजिन्सीप्राप्तहुने सम्भावना छ । कमबोली धैर्यधारण गर्न सके धेरै कार्य सम्पन्न गर्न सकिनेछ । सञ्चित धन मनोरञ्जनात्मककार्य तथा भ्रमणमा मात्रखर्च गरिर्नेछ । साइनो गास्नेहरुबाट सजक रहनुमा नै आफनो कल्याण हुनेछ ।