जेठ ४ गते आइतबारदेखि जेठ १० गते शनिबारसम्म
ज्येष्ठ ४ गते दुरसञ्चार दिवस । ५ गते अपराएकादशी व्रतः । ७ गते प्रदोष व्रतः ।
मेष : यो साता शिघ्र निणर्य गर्नु पर्ने बाध्यता आइलाग्न सक्छ । परिवारका सदस्य बिच खटपट हुन सक्छ , जसलाई निर्मुल गर्न घर परिवारमा समय खर्चीनु पर्ने हुन्छ । साताको अन्त्यमा सामाजिक सेवा गर्ने अवसर आइलाग्न सक्छ ,जसले प्रतिष्ठा दिलाउनेछ ।
वृष : भाग्यले साथ दिएता पनि मनमा उत्पन्न शंका तथा डरले बनि सकेका काममा दुविधा उत्पन्न गराउन सक्छ । व्यवसामा नयाँ मित्रको आगमनले आर्थिक समस्या टरेर जानेछ । ढिलो गरी निर्णय गर्दा आफुलाई फाइदा पुग्नेछ । सामाजिक दुरी प्रति हेक्का राख्नुहोला ।
मिथुन : रुची नहुदाँ नहुदै बाध्यात्मक परिस्थितिका बावजुद आफन्तजनको कार्यमा समय खर्चीनु पर्ने हुन्छ । बिना कारण अपजस आइलागेता पनि बुधबार पछिका दिनहरुमा सकरात्मक कार्यहरु हुनेछन । उचित कार्य व्यवस्थापनका निम्ति निरन्तर प्रयासको जरुरत पर्नेछ । सूर्य देवको आरधनाले भयमुक्ति हुन सहयोग पुर्याउने छ ।
कर्कट : मनोबल बढेता पनि समयले साथ नदिदाँ पछि परिनेछ । साथीहरुले लिएका सापटि रकम समयमा नै फिर्ता नगर्दा मनमुटाव सिर्जना हुन सक्छ । धैर्यता तथा मधुरता अवलम्वन गरि व्यवहार मिलाउने प्रयत्य गर्नुहोला । बोलिमा थप प्रभाव पार्न सेतो रंगको अनुशरण लाभदायक मानिनेछ ।
सिंह : खर्चको मात्रा वृद्धि भै भावि योजनाहरु समेत ओझेलमा पर्ने सम्भावना छ । पाका व्यक्तिबाट रकम जोह गर्ने जुक्तिबुद्धि लिए समस्याको गाठो फुक्न सक्छ । रुची नहुदाँ नहुदै बाध्यात्मक परिस्थितिका बावजुद आफन्तजनको कार्यमा समय खर्चीनु पर्ने हुन्छ । स्वास्थ प्रति हेक्का राख्खा सुरक्षीत रहनुहोला ।
कन्या : परिवारजनको भावनालाई आत्मासात गर्दा समस्याको पहिचान गर्न सकिनेछ । अध्ययनको क्षेत्रमा खर्च गरे अनुरुप प्रगति नहुदाँ मनमा नैरस्यताले डेरा जमाउन सक्छ । प्रातः भ्रमण एवं योग गर्दा तनावबाट मुक्ति भइनेछ । आत्माबल बढेता पनि समयले साथ नदिदाँ पछि परिनेछ ।
तुला : अभिभावकको रुचीको ख्याल गर्नाले आर्थिक संकट स्वतः निर्मुल हुनेछ । अपरिचित व्यक्तिसगँ छिटो विश्वासमा पर्नाले आर्थिक लेनदेनमा नोक्सान आइलाग्न सक्छ , बिचार पुर्याउनुहोला । तत्काल आर्थिक समस्या देखा परे पनि समस्याबाट निरकरण हुन लामो समय कुर्नु पर्ने छैन ।
वृश्चिक : तपाईका कमजोरीलाई नै तपाईलाई दुःख दिने छन । नयाँ योजना तथा व्यपार व्यवसायको थालनिमा नगर्दा आफनो हितमा हुनेछ । आर्थिक विषयलाई लिएर अभिभावकसगँ बिचारमा मतभेद उत्पन्न हुन सक्छ।ल साताको अन्त्यमा योगाभ्यास , ध्यान तथा अध्यात्मतर्फ शरिक भइनेछ ।
धनु : खराब आचरण भएकाहरुबाट टाढा रहदा नै आफनो कल्याण हुनेछ । सहयोगका हात बढ्नाले आर्थिक हैरानी पर्नेछैन । मर्यादा पालन नगर्दा विवादमा पर्ने सम्भावना पनि उक्तिकै छ । सातको अन्त्यमा पारिवरजनबाट दिएको सुझाव अनुरुप चल्न सके आफैलाई फाइदा हुनेछ ।
मकर : जीवनशौलिमा फड्को मार्न आइपरेका समस्याहरुसगँ भेलनुपर्ने देखिन्छ । बिना कारण अपजस आइलागेता पनि बुधबार पछिका दिनहरुमा सकरात्मक कार्यहरु हुनेछ । नयाँ कार्य सम्पन्न गर्न तन , मनबाट नै उर्जा थपिएको अवस्था भएता पनि विपक्षीहरु गुप्त रुपमा सलबलाउनेछन ।
कुम्भ : साथीभाइबिच स्वदेशमा नयाँ कार्य गर्ने दाचाँलाई कदर हुनेछ । दान तथा पूण्यको काममा संलगन हुदाँ प्राप्त हुने आत्माविश्वास उचाइमा पुर्याउने देखिन्छ । साताको अन्त्यमा फजुल खर्चले आर्थिक संकट निम्त्याउन सक्छ सचेत रहनुपर्नेछ । हनुमानको आरधनाले विशेष फाइदा पुग्न सक्छ ।
मीन : आवेशमा गरिएको कार्यले उल्टो परिणम दिन सक्छ । रोकिएका कार्यमा पुनः प्रयास गर्दा सफलता मिल्ता पनि खर्चको मात्रा जोह गर्नुपर्नेछ । कसैको साथ खोज्नु आफनो हितमा हुने छैन । पहेलो रंगको प्रयोगले मानसिक राहत दिलाउन सहयोग गर्नेछ ।