पौष २४ गते नेपाल ज्योतिष परिषद स्थापना दिवस । २५ गते सफला एकादशी ।
मेष : आफुलाई भित्रभित्रै मन पराएको कुरा सामाजिक सञ्जाल मार्फत जानकारी पाइनेछ । अनुभवी जेष्ठ व्यक्ति तथा वर्गको संगतले अप्ठयारो परिस्थितिलाई पहिचान गरी समस्या सुल्झाउन सक्नु हुनेछ । अर्काको बढी विश्वास गर्नाले गोप्य सुचना बाहिरिदा समस्या आइलाग्न सक्छ । रात्री अवेर सम्मको यात्राले फाइदा पुर्याउने छैन ।
वृष : मनोरञ्जनात्मक साता रहनेछ तर वादविवादबाट टाढै रहनुहोला । अचानक साथीको मन परिवर्तन हुदाँ आफुलाई मर्का पर्नेछ । इँटा रंगको प्रभाब प्रायोगमा ल्याउन सके प्रायः कार्यमा आर्कषकको केन्द्र भइनेछ । नातेदारहरुले कारोवारमा ढिलाइ गर्दा व्यवहारीक कठिनाइको सामना गर्नु पर्ला ।
मिथुन : आकर्षक पहिनले अरुको मन लोभ्याउनेछ । पर्यटकीय क्षेत्रको काममा बढी आनन्द मिल्नेछ ।योग तथा शाररिक व्यायामका कारण मानसिक तनाबबाट मुत्त भइनेछ । पारिवारिक सहयोगले समस्याहरु पन्छाउन सकिनेछ । चिसोबाट स्वास्थ जोगाउने चेष्टा गर्नुहोला ।
कर्कट : प्रतिस्पर्धाबाट प्राप्त सफताले चर्चितको पात्र भै पुरस्कार समेत दिलाउनेछ । आफनो निर्णय क्षमताले विभिन्न अवसरको ढोका खोल्नेछ । नयाँ काममा लगानी गर्ने सम्भावना छ । अचानक पे्रम प्रस्ताव आउन सक्छ । हतारबाट गरिएको कामले उल्टो परिणाम दिन सक्छ ।
सिंह : विना योजना महंगाा सामग्री खरिद गर्दा हुने खर्चले पिरोल्न सक्छ । पे्रमिकासँगको उठबसलाई लिएर आलोचित भइनेछ । मित्रवर्गबाट आफुले अपेक्षा गरेको सहयोग सजिलै प्राप्त हुनेछ सके सम्म लाभ लिने प्रयास गर्नुहोला । साताको अन्त्यतिर दान पूण्यमा सहभागी हुदाँ परिवारकै कल्याण हुनेछ ।
कन्या : व्यवसायको सिलशिलमा विदेशी भुमिमा पाइला टेक्दै फाइदामुलक काममा लगानी समेत गर्ने अवसर जुटन सक्छ । नयाँ कार्य प्रारम्भ गरी पर्याप्त धन आर्जन गर्न सकिनेछ । सुन्तला रंगको पहिरनमा ठाटिदाँ आलोचकहरु लोभिनेछन । बुधबारपछिका दिनमा कार्य सम्पन्न गर्न थप उर्जा मिल्नेछ ।
तुला : परिणममुखि कार्य सम्पन्न गर्न अझ केही समय कुर्नुपर्ने हुन्छ । सेतो रंगको प्रयोगले विशेष फाइदा हात लाग्नेछ । परिस्थितिलाई बिचार गरि भावना मिल्ने साथीहरुसगँ लगानी गर्न ढिला नगर्नुहोला । अचानक प्रेम प्रस्ताव आइलाग्न सक्छ परिवारीक सुझाव अनुरुप निर्णय गर्नुहोला ।
वृश्चिक : लगनशिलताले ओझेलमा परेका कतिपय अवसर हात पार्न सक्नुहुनेछ । आफन्तजनबाट झमेला विवाद आइलाग्न सक्छ सचेचता अपनाउनुहोला । राजनिति तथा सामाजिक सेवा तर्फ रुची नबढाउनुमा नै कल्याण देखिन्छ । साताको अन्त्यमा सुखद प्रेम प्रशंगलाई भ्रमणमा परिणत गर्दै रमाइनेछ ।
धनु : प्रेमी वा प्रेमिका बिचको भावि योजना संकटमा पर्न सक्छ अभिभावकको सुझाव अनुसार अघि बढ्दा समस्या निवारण हुन सक्छ । अर्काको देखासिकी नगरी आफनो हैषियत अनुरुप व्यवहार गर्नु नै आफनो हितमा हुनेछ । राता रंगहरुको प्रयोगले विविध अवसर नजिक पुर्याउन प्रेरक बन्नेछ ।
मकर : अन्योलका बिच बिशिष्ट व्यक्तिको सुझावले सकरात्मक मार्ग पहिल्याउन सकिनेछ । आफुभन्दा उच्चओहदाका व्यत्तित्वले आफनो कार्यलाई सकरात्मक रुपमा लिनेछन । धेरै परिश्रमका बावजुद शिर तथा आखाँसम्बन्धि समस्याले सताउँदा धन खर्च हुने सम्भावना छ । घरायशी व्यवहारमा विशेष होस पुर्याउनुपर्नेछ ।
कुम्भ : साथीहरुको भनाइमा भर पर्दा थप अवसरहरु फुत्किन सक्छन समयमा नै कार्य सम्पन्न गर्नुहोला । प्रेमिकाबाट उपहार प्राप्त हुदाँ हर्षले गदगद भइनेछ । भोज भतेरमा सहभागी हुदाँ आफ्नो सरसामनप्रति निगरानी राख्नुहोला । तिव्र गतिमा सवारी साधन चलाउँदा सावधानी अपनाउनुहोला ।
मीन : अध्ययनको निम्त्ति विदेश जाने सोच छ भने अपेक्षा गरेकै नतिजा हात लाग्न केही समय कुर्नु पर्नेछ । तपाईलाई मन पराएको प्रस्ताव आए पनि हतार नगरि निर्णय गर्नुहोला । आफनो पहिचानलाई बाहिरी नजरले मन पराउनेछन् । साताको अन्त्यमा शारिरिक कष्टले सताउँन सक्छ ।