पौष ५ गते दिशी पूजा ।
६ गते सफला एकादशी । ९ गते क्रिसमस ।
१० गते खण्डग्रास सूर्य ग्रहण ।
मेष : कम लगानीमा व्यवसाय गर्दा मुनाफा आर्जन गर्न सहजता हुनेछ अनुभवी सदस्यको सुझावलाई अवलम्वन गर्न सके थप नोक्सानबाट सुरक्षित भइनेछ । पूर्व परिचित साथीहरूबाट मन पराएको प्रस्ताव आइलाग्न सक्छ सचेत भै निर्णय गर्नुहोला । साताको अन्त्यमा मनोरञ्जन सहितको भ्रमणमा सहभागि भइनेछ ।
वृष : आफुले गरेका सहयोगी भावनाको उचित मुल्याङकन आफन्तहरूले गर्ने छैनन विनाकारण तपाईको आलोचना गर्न सक्छन । अध्ययनको लागि विदेश जाने प्रक्रिया अघि बढाए सन्तोषजनक परिणम प्राप्त हुनेछ । रातो रंगको पहिरनले मनोकांक्षा पुरा गराउन सहज बनाउनेछ ।
मिथुन : लामो समयपछि बिचार मिल्ने साथीहरूसगँ भलाकुसारी हुदै मनोरञ्जन गर्ने मिती तय हुने सम्भावना छ । व्यवस्थित दिनचर्या अवम्बनले शारिरिक उर्जा प्राप्त भै थप कार्य सफलता मिल्नेछ । खानपान उचित व्यवस्थापन नमिल्दा स्वास्थमा गडबडी देखा पर्न सक्छ । हरियो रंगको सवारी साधनले विशेष फाइदा पुर्याउनेछ ।
कर्कट : योगाभ्यास ध्यान क्रिया गर्न सके मानसिक आलस्याता तथा तनाव स्वतः निर्मुल भै उर्जावान भइनेछ । सरकारी कर्मचारी वर्गले नयाँ स्थान पदस्थापना गर्ने अवस्था आइलाग्न सक्छ । होश नपुर्याइ निर्णय गरेका कार्यले मर्यादामा चोट पुग्न सक्छ जस प्रति हेक्का राख्नुहोला ।
सिंह : अग्रज व्यक्तिबाट नयाँ कार्य शुरुवात गर्ने प्रेरणा मिल्नेछ । नयाँ मित्रको आगमन तथा सहयोगले मन ढुक्क हुनेछ । बोलिका प्रभावले अधुरा कार्यहरू पुर्ण हुनेछन । आफन्तजनले तपाईका सहयोगप्रति धन्यवाद दिदै प्रशंसा गर्नेछन । सवारी साधन खरिद गर्ने साइत जुर्न सक्छ ।
कन्या : व्यापारको सिलसिलामा लामो यात्रा गर्ने सम्भावना छ विदेशी मुलुकमा नै ठुला व्यवसायीसगँ उठबस हुदाँ कुटनैतिक क्षमता प्रदर्शन गर्नु उचित हुन्छ । मन पराउने साथीले घुमाउरो भाषाले प्रेम प्रस्ताव राख्न सक्छन भावना बुझने चेष्टा गर्नुहोला । साताको अन्त्यमा शारिरिक थकानले सताउन सक्छ ।
तुला : शनिदेवको प्रभावले व्यवसायमा उतारचढाब आउन सक्छ । सुर्यदेवको आरधना गर्न सके सहजता महशुस हुनेछ । विदेश यात्राको अवसर प्राप्त हुनसक्छ । विधार्थी वर्गले अध्ययनको निम्ति मेहनतमा जोड दिनुपर्नेछ । साताको अन्त्यमा साथीहरूको सुझाव अनुरुप पहिरन खरिद गर्दा खर्चको मात्रा बढ्नेछ ।
वृश्चिक : पुराना कामबाट प्राप्त अनुभवले थप नयाँ योजना बनाउन सहयोग पुर्याउनेछ । साझेदारी लगानीमा गरिएको कामले लाभ दिलाउनेछ ।आफुले मन पराएको साथीको भावनालाई कदर गर्दा आर्थिक भार बढेर जानेछ । सुनौलो रंगलाई पछ्याउँदा दु्रत गतिमा कार्य सफलता हुनेछ ।
धनु : प्रतिस्पर्धीले उछिनेर विशेष अवसर फुत्काउन सक्छन सचेत रहनुहोला । अरुलाई छिटो विश्वास गर्दा अप्ठयारोमा परिएला । गुरुजन तथा अभिभावकको प्रेरणाले मन दह्रो हुँदै अध्ययनमा हौसला मिल्नेछ । समाजसेवाप्रति आकर्षित भइ व्यक्तिगत पहिचानसमेत बनाउन सकिनेछ । यात्रा गर्दा समयको ख्याल राख्नुहोला ।
मकर : पे्रमी पे्रमिकासित नौला स्थानमा भ्रमण गर्ने साइत जुर्न सक्छ जसले आफुभित्रको निराशापन उत्साहमा परिणत हुनेछ । स्वास्थ सम्बन्धि सामान्य गडबडी देखा परे पनि मंगलबार पछि स्वतः निराकरण हुनेछ । सोचेजस्तो उपलब्धि हात पर्ना केही समय कुर्नु पर्नेछ ।
कुम्भ : साथीहरूको सुझाबबाट अधि बढिनेछ । आफुसँग भएका क्षमता प्रर्दशन गर्दा विश्वासपात्रको मार्गदर्शन अवलम्बन गर्नुहोला । अभिभावकहरूले व्यवहारीक जिम्मेवारी दिलाउनेछन । ठुला खाले आर्थिक कारोबार नगर्दा नै सुरक्षित भइनेछ । प्रतिष्ठीत व्यक्तिको सहयोग प्राप्त भै झिनामसिना समस्याको गाँठो फुक्नेछ ।
मीन : करियर बनाउन अहोरात्र मेहनतको जरुरी पर्नेछ । परोपकारी कार्यप्रति रुची बढ्नेछ । असहज परिस्थतीबाट उम्कन सोचे भन्दा बढी समय खचीर्नु पर्नेछ । कुनै समस्या आइलाग्दा अग्रज व्यक्तिको सुझावबाट निराकरण गर्न सकिनेछ । मौसमी फेरबदलले स्वास्थ प्रतिकुल हुन सक्छ ।