मेष : चुरो कुरा नबुझी गरिएको व्यवहारले प्रेमी प्रेमिका चिडिन सक्छन । सहयोगीहरुले समस्या सावधानको बाटो देखाइ दिदाँ अधि बढ्न सहयोग पुग्नेछ मेहनले गर्दा जीवनशौलिमा समेत परिवर्तन आउनेछ । साताको अन्त्यमा सेयरबजारतर्फ मन आकर्षक हुनेछ , सावधानी अपनाउदै लगानी गर्दा आफनो हितमा हुनेछ ।
वृष : चिसो मौसमको कारण देखाउदै भ्रमणमा जान अभिभावकले बन्देज लगाउन सक्छन । मान्यजनको भनाई पालना गर्दा थोर बहुत मानसिक पिडा भए पनि अन्नतः फाइदा नै हुनेछ । सबै खाले साथीभाइहरुप्रति विश्वासमा नगर्नुहोला । परिवारका जेष्ठ सदस्यहरुले तपाईको भावी करियर तथा सम्भावनाहरुलाई मार्गदर्शन गरी महत्वपुर्ण सुझाव दिनेछन ।
मिथुन : सभा सम्मेलनमा भाग लिने अवसर आइलाग्न सक्छ । प्रतियोगितात्क कार्यमा सहभागी हुदाँ उच्च मुल्यांकनमा परिनेछ । परिवारका जेष्ठ सदस्यहरुको सुझाव अनुरुप व्यवहार तथा व्यवसाय गर्दा मुनाफा प्राप्त हुनेछ । सेता तथा निलो रंगका अनुसरणले कार्य सम्पन्न गर्न सहज बनाउनेछ ।
कर्कट : आर्थिक पक्ष परिवर्तन भै विदेश भ्रमण गर्ने मुहुर्त जुर्नेछ । आटेको काम बन्नाले उत्साह जाग्नेछ । लगनशीलताले परिस्प्रर्धिहरुलाई पछि पार्न सकिनेछ । भैतिक संसाधन जुटनुका साथै दिगो फाइदा हुने काम हात लाग्नेछ । अधिकार र प्रतिष्ठा जोगाउन गोपनियतामा ध्यान पुर्याउनुहोला ।
सिंह : महंगाा सामाग्री खरिद गर्न मनसाय राख्दा अभिभावकले आफनो भावनाको वेवास्था गर्ने सम्भावना छ । मित्रहरुले सोचेजस्तो सहयोग नगर्दा रोजगारीका नयाँ अवसर गुम्ने अवस्था सृजना हुन सक्छ , हेक्का राखी बिचार आदनप्रदान गर्नुहोला । हनुमानको आरधनाले सोचेको फल प्राप्त हुनेछ । खानपान तथा भोजभतेरमा सहभागि भइनेछ ।
कन्या : यो साता तपाईको लागि उन्नती तथा परिवर्तनकारी सप्ताह रहुनेछ । उपल्लो दर्जाका व्यत्तिहरुले महत्वपुर्ण सुझाव तथा जिम्मेवार दिनेछन । मित्रजनबाट सेयर बजारमा लगानी गर्ने प्रस्ताव आइलाग्न सक्छ । कर्मचारीवर्गका निम्ति थप जिम्मेवारी आइलाग्ने सम्भावना छ ।
तुला : पारिवारिक विरोधका बाबजुद प्रेमजीवनले ठोस निर्णयको अपेक्षा गर्दै मंगलिक मुहुर्त तय हुन सक्छ । सोमबारपछि आर्थिक समस्याबाट पार पाइने सम्भावना छ । साथीभाइले पनि सहयोग गर्ने तत्परता देखाउनेछन । हरेक कार्यमा बेवास्था गरियो भने त्यसले थप संकट निम्त्याउन सक्छ ।
वृश्चिक : विदेशबाट फर्किएका साथीभाईसगँको भेटघाटमा नौलो जानकारी पाइने छ । मन पराउनेसगँ सावधानी व्यवहारले नै सार्थक परिणाम दिलाउनेछ । अभिभावकको सुझाव तथा सल्लाह आत्मासात गर्दा धन अभावले पिरोलिनुपर्ने छैन । साताको अन्त्यमा रातो रंग प्रयोग गर्दा नयाँ अवसर सामु प्रतिस्पर्धा गर्न सहज हुनेछ ।
धनु : आफन्त तथा अभिभावकको निगरानीले तपाईलाई व्यवहारीक बन्न प्रेरणा दिनेछ । ठुला खाले योजनालाई परिणाममुखी बनाउन प्रेमिकाले तन मन र धनले सहयोग गर्नेछिन । मन मिल्ने मित्रहरुको सुझाव आत्मासात गर्न सक्दा उचाइमा नै पुग्निेछ । साताको अन्त्यमा परिवारजनको मंगलिक कार्यमा सहभागी हुन पाइनेछ ।
मकर : विविध क्षेत्रमा रोजगारीको अवसर हात लाग्ने सम्भावना छ । सभा सम्मेलनमा सहभागि हुन पाइनेछ भने आफनो प्रतिभाले नाम र दाम कमाउन सकिनेछ । मान्यजनको सहयोगबाट मंगलिक कार्यको तिथि छिनोफानो हुने सम्भावना छ । मौसमी फेरबदलबाट देखा पर्ने शारिरिक थकानप्रति सचेत रहुनुपर्नेछ ।
कुम्भ : रोजगारीको स्थान पहिचान गर्दा नयाँ क्षेत्रबाट नै लाभ लिन सक्नुहुनेछ । सरोकार नभएका विषयप्रति झुकाब राख्दा फजुल खर्चले पिरोल्नछ । नौला स्थानहरुको भ्रमणमा संलग्न हुदाँ अनौठा प्रकारका रशास्वादन गर्न पाइनेछ । सोतो रंग प्रयोग गर्नाले परिणाममुखी नतिजा हात लाग्न सक्छ ।
मीन : समय बलबान छ । तपाईको प्रतिष्ठासगँ जोडिएर कार्यक्षेत्रमा नयाँ चुनौति देखा पर्न सक्छ सावधान रहनुहोला । सवारी साधन खरीद गर्ने योजना बनाउनुभएको छ भने पक्रिया अधि बढाउदा फरक पर्ने छैन । चिसो मौसममा रात्रि अवेर सम्म नबस्नु नै आफनो हितमा हुनेछ ।