free website hit counter

भदौ २१ गतेदेखि २७ गते शनिबारसम्म

beemaadmin
२०७७ भाद्र २१, आईतवार

भाद्र २२ गते निजामती सेवादिवस । २४ गते महालक्ष्मीव्रतः समाप्ती । २५ गते जितियापर्व ।

मेष : पुरुषार्थले अप्ठ्यारा समस्या सुल्झाउदै प्रतिष्ठा दिलाउन सक्छ । सोचेका योजनाहरु आंशिक रुपमा ढिला सुस्तिहुनेछ । मनको उत्साहभयमा परिणत हुन सक्नेछ । काम देखाएर धेरैको प्रशंसा बटुल्न केहि समय लाग्नेछ । तत्काललाई समस्या देखिएपनि निरन्तरको प्रयासले सहि मार्ग पहिल्याउन सकिनेछ ।

वृष : इष्र्या गर्नेरु पछि लागेको अवस्था छ भविष्यको लागिविशेष कार्यमा जग बसाउने सकिनेछ । सेतो रंग प्रयोगगर्नाले फलिफापहुनेछ । आर्थिक संकट वृद्धि भइमानसिकतनाव देखा परेमा निवारणको निम्ती योगाभ्यास तथाध्यानक्रिया गरी मुक्तभइनेछ ।

मिथुन : विगतदेखी गरिआएकाकार्य क्षेत्रको स्वरुप परिवर्तन गर्न तत्परताजाग्नेछ । परिस्थितीले समस्याको मोडमा पुर्याउन सक्छ ।सामाजिक सञ्जालबाट मन भित्राकाभावना आदनप्रदा गरिनेछ, विचार पुर्याएर निर्णय गनुहोला । पारिवारिक वादविवादबाट टाडा रहदाँ नै आफनो कल्याण हुनेछ ।

कर्कट : तपाईलाई यो साता शिघ्र निणर्य गर्नु पर्ने बाध्यताआइलाग्न सक्छ । परोपकारी भावनाले गरिएका सामाजिकप्रयासहरुले चौतर्फी प्रतिष्ठा बढाउनेछ । गणेश भगवानको आराधना गर्न सके मन विचल्लीतहुने छैन । अरुकालागि समय धन तथा वुद्धि खर्चनु पर्नेछ ।

सिंह : प्रेम जीवनमाअल्झन देखा परे पनि साताको मध्यबट पुन रतिरागको भावना साटासाट हुनेछ । हितैषिसगँ सुझाव संकलन गरि अघि बडे आफु सुरक्षितभइनेछ । सानातिना घरायशीकाममाअल्झिएर महत्वपुर्ण कार्य छुट्न सक्छन सचेत रहुपर्नेछ । साताको अन्त्यमा स्वास्थप्रति हेक्का राख्दै सुरक्षीत रहनुहोला ।

कन्या : परिचित मित्रबाट समेत सहयोग नपाइएला । पारिवारिक विवादबाट टाडा नै उपयुक्तहुनेछ । अभिभावकको सुझावले शारिरिक एवं मानसिककुभावनाहरु स्वतः हटेर जानेछ । आयआर्जन सम्बन्धिव्यवहारले सताउन सक्छ । साताको अन्त्यमा स्वास्थप्रति सजक रहनुपर्नेछ ।

तुला : शारिरिक क्षमता जोगाउनखानपानमा फेरबदल गर्न जरुरी छ । परोपकारी कार्य गरेर नै अरुको मन जित्न सकिनेछ ।आफु भित्रभ¬एको स्वाभाव परिवर्तन गरी समय अनुकुलचल्न सके आर्थिक पक्ष सुध्रिढ हुदै जानेछ । खानपानमाविशेष ध्यानदिनु पर्नेछ ।

वृश्चिक : अरुको सहयोगीभावनालाई प्रशंसा गर्दा आफु उचाइमापुगिनेछ । बाहिरी वातावरण अनुरुपचल्न सके फाइदा नै होला ।कुनै क्षेत्रबाट पनिआकस्मिकलाभहुने छैन ।साताको अन्त्यमा समय सुधारोन्मुखहुनेछ ।

धनु : विपन्नआर्थिक समुदायमाझ सहयोगीभुमिकानिर्वाहगर्दा आफनो परिचयचर्चित बनाउन सकिनेछ । कृषितथापशु व्यवसायमालगानीगर्दा खेर्र जाने छैन । आर्थिक समस्याले सताउन सक्छ । साताकोे अन्त्यमा पेट सम्बन्धी वेदनाले खर्च गराउला ।

 

मकर : अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ । सकेसम्म कमबोल्दाआफनो हितमाहुनेछ । समाजिक सञ्जालमाआफुले गरेका कार्यले चर्चा बटुल्नेछ । भेट्न आउने मित्रसँग सावधानीअपनाए वेशै होला । बोलिमा थप प्रभावपार्न सेतो रंगको अनुशरण लाभदायकमानिनेछ ।

कुम्भ : बन्नलागेका कार्यहरु ओझेलमा पर्नेछन विवेक तथा धैर्यतापूर्वक निर्णय गर्दा उपयुक्तहोला । धैर्य पूर्वक सुर्य देवको आरधना गर्न सके सम्पुर्ण बाधाहरु स्वतःनिमुलहुनेछ । साताको अन्त्यमनयाँविचार मनमाफुर्न सक्छ ।

मीन : प्रतिकुल परिस्थितिमाशुभचिन्तकहरु कमै हुनेछन भने फाइदा उठाउनेहरु प्रशस्त भेटिनेछन । घरभित्र बसि नयाँ योजनाबनाइनेछ । समाजसेवातर्फ आकर्षित हुदाँ सामाजिक दुरी प्रति हेक्का राख्नुहोला । साताकाअन्त्यमा स्वास्थप्रति सजकताअपनाउनुहोला ।

 

 

सम्बन्धित समाचार

श्रावण २८ देखि भाद्र २ गते सम्म

beemaadmin
२०७८ श्रावण २८, बिहीबार

श्रावण १२ देखि १८ गतेसम्म

beemaadmin
२०७८ श्रावण १२, मंगलवार

असार ३० देखि श्रावण ६ गतेसम्म

beemaadmin
२०७८ असार ३०, बुधबार