free website hit counter

मङ्सिर १२ गतेदेखि १८ गतेसम्म

beemaadmin
२०७६ मंसिर १२, बिहीबार

मंसिर १५ गते विवाह पञ्चमी, विश्व एड्स दिवस ।
१६ गते अन्तराष्ट्रिय दासता उन्मूलन दिवस ।
१७ गते विश्व अपाङ्गता दिवस ।

राशीफल
मेष : बोलिको मधुरताले आर्थिक संकटलाई परास्त गर्न सक्नु हुनेछ । प्रतिस्पर्धाले अध्ययमा प्रगति गराउने छ । सप्ताहान्तमा रोजगारीको चिन्ताले सताउन सक्छ । वादविवादमा अधि सनु उपयुक्त हुदैन । पार्टी वा भोज भतेरको निम्तो प्राप्त हुन सक्छ ।सप्ताहन्तमा लक्ष्य प्राप्ती गर्न सकिनेछ ।

वृष : विपक्षीहरू सक्रिय भएकाले तपाईलाई ओझेलमा पार्न कोसिस गर्नेछन सचेत रहनुहोला । रोकिएको कार्यमा पुनः प्रयत्न गर्दा सफलता हात लाग्नेछ । दु्रत गतिमा साधन चलाउँदा दुर्घटना आइलाग्न सक्छ । खानपान तथा मनोरञ्जन गर्दा समयको उचित ख्याल गर्नु पर्नेछ ।घरायसी व्यवहारका कार्यमा संलग्न नभइ टाढा रहनुहोला ।

मिथुन : पूण्य आर्जनमा समय व्यतित गरिनेछ । विभिन्न निकायबाट रोजगारीको प्रस्ताव आइलाग्नाले मन प्रफुल्लित हुनेछ । मौसमी फेरबदले स्वास्थमा असर पार्न सक्छ, चनाखो रहनुहोला । धार्मिक संस्थाको कार्यक्रममा नयाँ मित्रसँग मनोरञ्जन गर्दा अरुको मन लोभिनेछ । छरछिमेकका मंगलिक कार्यमा सहभागि भइनेछ ।

कर्कट : परिस्थितिले मन मिल्ने साथी भेट्ने साइत जुराउन सक्छ । व्यावसायले विदेशयात्राको अवसर जुटाउन सक्छ । काम देखाएर धेरैको प्रशंसा बटुल्न सकिनेछ ।सोच विचार नगरी अरुलाई बचन दिदाँ प्रतिकुल परिस्थिति आइलाग्न सक्छ । नयाँ रोजगारीका क्षेत्र हात पार्न शक्तिशाली बैद्धिक व्यक्तित्वहरूसगँ प्रतिस्प्रर्धा गर्नु पर्ने हुन सक्छ ।

सिंह : प्रेमिकाको घुम्न जाने प्रस्ताब स्वीकार्दा अविष्मरणीय क्षण बन्नेछ । आलस्यताका कारण काममा बाधा पर्न सक्नेछ । वादविवाद सामन्य परेता पनि तपाईको सिर्जनासिल कार्यलाई सबैले सर्मथन गर्नेछन । साथीहरूद्वारा समस्याको समाधान हुनेछ । स्वास्थमा ध्यान दिनु उचित हुनेछ ।

कन्या : रचनात्मक कार्य गरी हितैषीहरूकोे मन जीत्न सक्नुहुनेछ ।अध्ययनको सिलसिलामा विदेश यात्राको अवसर मिल्न सक्नेछ । मनले नसोचेका स्थानहरूमा भ्रमण गर्दै स्वादिस्ट परिकारको आन्नद लिदै मनोरञ्जन समेत प्राप्त गर्न सक्नुहुनेछ । साताको अन्त्य तर्फ आर्थिक भारको महशुस हुन गई ऋणको चपेटामा पर्न सकिनेछ ।

 

तुला : लामो समय देखि रोकिएको कार्य आकस्मिक रुपमा समाधान हुनेछ । नयाँ कार्य क्षेत्रमा आर्थिक लगानी गर्ने अवसर प्राप्त हुनेछ । मनोरञ्जन भेटघाट तथा भ्रमणमा साता व्यतित हुनेछ । प्रेमिकाले नयाँ चाहाना राख्न सक्छिन् ढिलासुस्त नगरे वेश हुनेछ । सवारी साधन चलाउँदा संयम अपनाउनुहोला ।

वृश्चिक : धार्मीक यात्रामा जादाँ संयमता अपनाउनु होला । राता रंग आत्मासातगर्नाले उचाइमा पुगिनेछ । ंबोलिको मघुरताले बिग्रन लागेका सम्बन्धलाई मलम लगाउन सहयोग गर्नेछ । खानपानको फेरबदल भै शारिरीक दुर्वलता देखा पर्न सक्छ । यो साता इष्ट मित्रसाग मठमन्दिर भ्रमणको योग जुर्नेछ ।

धनु : आफूभित्रको भय उत्साहमा परिर्वतन भई समाज सेवा तर्पm आर्कषित भईनेछ । लामो समयसम्म रोकिएकावाधाहरूस्वतः फुकुवा हुनेछन् । प्रतिस्प्रर्धामा इनाम तथा सम्मानजनक स्थान पाउनु हुनेछ ।सेतोरंगको रचनात्मक प्रयोगले लाभ पुग्ने देखिन्छ । सवारी चलाउँदा विशेष ध्यान दिनुहोला ।

 

मकर : उच्च पदस्थ अधिकारीसगँ घनिष्ट सम्बन्ध भै आकस्मिक लाभ प्राप्त हुनेछ । आर्थिक भार बढ्नाले सोमबारपछि आर्थिक अभावको महशुस हुनेछ । शिर तथा आखाँ सम्बन्धि समस्या आइ धन खर्च हुन सक्ने सम्भावना छ । साताको अन्तयमा स्वास्थमा बढी ध्यान पुर्याउँदा वेश हुनेछ ।

कुम्भ : कार्य योजना कार्यन्वयन ढिलाई गर्नाले पछि परिनेछ ।सिर्जनात्मक कमले धैरेको मन लोभ्याउन सकिनेछ । प्रतिस्पर्धाको दौडमा सहपाठीहरूलाई उछिन्न सकिनेछ ।विदेश यात्राको साइत जुर्नाले भ्रमण तथा खानपानमा राम्रै धन खर्च गर्नुपर्ने हुनसक्छ ।साताको अन्त्यमा मंगलिक कार्यमा सहभागी हुने अवसर प्राप्त हुनेछ ।

मीन : रोकिएका अध्ययन कार्यले निरन्तरता पाउने छ । मेहनत गर्दा जीवनशौलिमा परिवर्तन ल्याउन सकिनेछ । सरोकार नभएका विषयमा चासो राख्नाले दुःख पाइनेछ । धन अभावको स्थिति भने यथावत नै रहनेछ । साताको अन्त्यमा फजुल खर्चले चिन्ता बढाउनेछ ।

सम्बन्धित समाचार

श्रावण २८ देखि भाद्र २ गते सम्म

beemaadmin
२०७८ श्रावण २८, बिहीबार

श्रावण १२ देखि १८ गतेसम्म

beemaadmin
२०७८ श्रावण १२, मंगलवार

असार ३० देखि श्रावण ६ गतेसम्म

beemaadmin
२०७८ असार ३०, बुधबार