free website hit counter

माघ १५ गतेदेखि २१ गतेसम्म

beemaadmin
२०७७ माघ १५, बिहीबार

माघ १५ गते श्री स्वस्थानी व्रतः आरम्भ, पूर्णिमा । माघ १६ गते शहीद दिवस ।


मेष : अग्रजको व्यक्तिहरुको प्रेरणाले अध्ययन कार्यमा हौसला मिल्नेछ । विदेश यात्राको अवसर आइलाग्ने सम्भावना टरेको छैन । प्रेमप्रृमिकाबिचको समबन्घ सुमधुरतर्फ उन्मुख होला । खानपानको निमन्त्रणामा सहभागि हुदाँ स्वस्थप्रति हेक्का राख्नुपर्नेछ । सवारी साधन चलाउदाँ ध्यान दिनुपर्नेछ ।

वृष : मन पराउने मित्रले विदेश जाने चाहना व्यक्त गर्न सक्छिन उनको चाहना अनुरुप कदम चाल्दा फलिफाप नै हुनेछ । अभिभावकको सुझावले उन्नतिको मार्ग पहिल्याउन सहज होला । सेयर कारोवारमा लगननि लगनी गर्दा मुनाफा आर्जन गर्न सकिनेछ । सामाजिक सेवामा कार्य गर्दा अपजस आइलाग्न सक्छ ।

मिथुन : सरकारी तथा निजी क्षेत्रमा रोजगारिको अवसर हात पर्दा प्रेमिका दंग पर्नेछिन । परोपकारी कार्यमा रुची बढ्नेछ । उच्च पदस्थ कर्मचारिले थप जिम्मेवार दिलाउनेछन । कार्य सम्पादनको क्रममा हेल्चेक्रयाई र ढिलासुस्तीले आफुलाई नै पछि पार्नेछ । यो साता मनोरञ्जनात्मक कार्यक्रममा उपस्थित नहुदाँ आफुलाई फाइदा हुनेछ ।

कर्कट : पूर्वय क्षेत्रको भ्रमणमा जाने अवसर आइलाग्न सक्छ । उक्त प्रस्ताव स्विकार्दा जन सम्पर्कमा वृद्धि भइ आफुलाई विशेष फाइदा पुर्याउनेछ । अध्ययनको क्षेत्रमा देखिएको दुविधा समाप्त हुनेछ । साथीभाइसगँको सरसल्लाह अन्योलमा परिणत हुने सम्भावना छ । ठोस प्रस्ताव राख्न सके अनुमोदन पनि हुन सक्छ ।

सिंह : परिवारलाई सरोकार नभएको विषयमा अलमलिने सम्भावना छ । गोप्य सुचनाहरु बहिरिन सक्छन, हेक्का राख्नुहोला । जीवनसंगीसँग अविश्वासको वातावरण देखा पर्न सक्छ विश्वासमा परिणतमा ढिलाई नगर्नुहोला । कुरा नमिल्दा मन खिन्न रहनेछ । परिस्थितिको हेक्का राखी चुनौतीलाई अवसरको रुपमा लिनुहोला । मित्रहरुले विभिन्न जिम्मेवार दिलाउनेछन् । दुविधापूर्वक गरिको कार्यमा अपजसको आइलाग्ने हुनाले सरोकार नभएका विषयमा ध्यान दिनु उचित हुदैन । गोप्य सुचनाहरु वाहिरिनाले मर्यादामा आँच आउन सक्छ । प्रेममा अविश्वासको वातावरण उत्पन्न हुनसक्छ

कन्या :  मेहनतले विविध अवसर भेटिनेछ । कार्य सम्पन्न गर्न ढिलाइ नगर्नुहोला । मंगलबारपछिका दिनहरुमा स्वास्थ समबन्धि गडबडीले सताउन सक्छ । तातोपन तथा खानपानमा ध्यान दिनुपर्नेछ । भिभाडमा यात्रा गर्दा चनाखो रहनु पर्नेछ । विगतमा चालिएका कदमबाट सकरात्मक समाचार आउने सम्भावना छ ।

तुला : आफुलाई थप सहयोग गरि उचाइमा पुर्याउने सहयोगी व्यक्तिहरु भेटिनेछन । मित्रवर्गको सुझावलाई शिरोपरि गर्नु आफनो हितमा हुनेछ । विविध स्थानहरुको भ्रमणमा रहदाँ महत्वपूर्ण सामग्रि छुटन सक्छ , ध्यान दिनुहोला । साताको अन्त्यमा सामाजिक निमन्त्रणमा सहभागि हुदाँ दान पुण्यमा सरिक भइनेछ ।

वृश्चिक : व्यवसाय सञ्चालनको दौरानमा असल मित्र पहिचान गर्न सक्नुहुनेछ । कार्य स्थलको स्वरुप अनुरुप खानपान तथा पहिरनमा ध्यान पुर्याउनुहोला । वाहिरी गफगाफमा अल्झिदाँ समयको महत्वलाई ध्यान दिनुपर्नेछ । चियोचर्चो गर्नेहरुसगँ सावधानी रहनुहोला । व्यवहारिक विषयमा खर्च गर्नु पर्दा कन्जुसपन प्रदर्शन नगर्नु नै आफनो हितमा हुनेछ ।

धनु : मन मिल्ने साथीहरुले नगद सापटीको अपेक्षा गरिारहेका छन । परिस्थितिलाई बुझेर अधि बढ्नुहोला । बनभोज भ्रमण जस्ता कार्यक्रममा सहभागि हुदाँ विवाद सृजना हुन सक्छ , टाडै रहनु नै आफनो हितमा हुनेछ । साताको अन्त्यमा विशिष्ट पाहुनासगँको भेटघाटले मनोरञ्जन दिलाउनेछ । सुनौलो रंग तथा पूर्वतर्फको यात्रा फलिफाप देखिन्छ ।

मकर : सामुहिक लगानीको व्यवसायमा मित्रहरुले विश्वास गर्दे थप जिम्मेवारी दिनेछन । धैर्य पूर्वक कार्य सग्मन गरे आर्थिक रुपमा सक्षम भइनेछ । पूर्व परिचित सहपाठीबाट प्रेम प्रस्ताव आइलाग्न सक्छ , बिचार गरि अघि बढ्दा दुबैको कल्याण नै हुनेछ जसलाई परिवार समेतले सिहजै अनुमोदन गर्नेछन ।

कुम्भ : तत्काल समस्या देखिए पनि सोमबार पछि प्रगतिको मार्ग पहिल्याउँन सकिनेछ । भैतिक सुख सुविधा प्राप्त भएतापनि आर्थिक पक्ष सवल हुन केही समय कुर्नुपर्नेछ । । हतारमा गएिकोकार्यले सोचे जस्तो परिणम हात पार्न नसकिएला । रातो रंगको प्रयोगा गर्दा मेहनत खेर जादैन । गोप्नियतमा ध्यान दिएमा प्रतिस्प्रर्धीलाई पछि पारिनेछ । चिसो बातावरणमा वाहिरी यात्रा गर्दा स्वास्थको ख्याल गर्नुओला ।

मीन : तत्काल कार्य सम्पन्न गर्न ढिलाई भएता पनि मंगलबार पछि क्रमिक रुपमा प्रगतिको मार्ग भेटिनेछ । धार्मीक कार्यमा संलग्न हुदै मठ मन्दिर परिक्रमा गर्नु लाभदायक हुनेछ । परिवारजनले दिएको बचन पुरा नगर्दा आफुलाई मर्का पर्नेछ । धैर्य गरे मनोकांक्षा पुरा हुनेछ । साताको अन्त्यमा बनभोज खानपान समबन्धी कार्यक्रममा सहभागी भइनेछ ।

 

सम्बन्धित समाचार

श्रावण २८ देखि भाद्र २ गते सम्म

beemaadmin
२०७८ श्रावण २८, बिहीबार

श्रावण १२ देखि १८ गतेसम्म

beemaadmin
२०७८ श्रावण १२, मंगलवार

असार ३० देखि श्रावण ६ गतेसम्म

beemaadmin
२०७८ असार ३०, बुधबार