२२ गते विश्व क्यानसर दिवस । २६ गते षट्तिला एकादशी ।
मेष : आर्थिक प्रलोभन तथा मोटो धन आर्जन देखाउने सचेत रहनुहोला । रचनात्मक कार्यले अरुको मन सजिलै जित्नेछ । इँटा रंगको पहिरनले सोचेजस्तो नतिजाको अवसर मिल्न सक्छ । कार्य क्षेत्रमा निकै प्रतिस्पधिहरुतसगँ सामना गर्नु पर्नेछ । आर्थिक संकटका बिच कार्य सम्पन्न हुने नै छ ।
वृष : नयाँ रोजगारीको क्षेत्रमा प्रतिस्पर्धा गर्दा सोचेजस्तो परिणाम हात पर्नेछ । सामाजिक सञ्जालबाट मन पराएको प्रस्ताव आउन सक्छन् , ढिलो निर्णय गर्दा सुरक्षीत भईनेछ । अभिभावकको सुझावले उन्नतिको मार्ग पहिल्याउन सहज हुनेछ । खान पानको समय तालिका फेरबदल भई स्वास्थ बाधाले सताउन सक्छ ।
मिथुन : आकस्मिक रुपमा अवसर तथा लाभ प्राप्त हुने सम्भावना छ । मेहनत , कर्मठ , लगनशिलताले प्रतिष्ठा दिलाउने छ । विदेशमा भएका मित्रहरुले विश्वास गर्ने वातावरण बन्दैछ । धैर्य भई कार्य गरेमा कार्य सम्पन्न गर्न सक्नुहुन्छ । चिसो वातावरणमा मनोरञ्जन गर्दा स्वास्थको ख्याल गर्नु होला ।
कर्कट : अनुकुल परिस्थिति हुदाँ हुदै पनि अपजस आइलाग्न सक्छ जसले तपाईको कार्यक्षमता वृद्धि गर्न सहयोग गर्नेछ । मझौला किसिमका व्यवसायमा लगानी गर्ने प्रस्ताव आइलाग्न सक्छ निर्णय गर्न अवेर नगर्नुहोला । साताको अन्त्यमा विदेशी पाहुनासगँ भलाकुसारी तथा खानपानमा गर्दै समय व्यतित गर्नुपर्नेछ ।
सिंह : सहपाठी मित्रले अन्तरमनका प्रस्ताव राख्न सक्छन । अभिभावकहरुले दिएका मार्गदर्शन अवलम्वन गर्दा प्रशंशा सहित आर्थिक लाभ हुनेछ । दैनिक कार्य क्षेत्रका अवरोधहरु स्वतः निर्मुल हुनेछन । लाभदायक यात्राको सम्भावनालाई नर्कान सकिदैन । परिवाररिक जमघटमा विभिन्न परिकारका भोजनमा रमाउदा स्वास्थको ख्याल राख्नुपर्नेछ ।
कन्या : सामाजिक क्षेत्रमा किर्तिमानी कार्य गरि लोकप्रियता आर्जन गरिनेछ । दुई आत्मा बिचको सुन्दर सम्बन्ध निकै अगाडि बढिसकेको अवस्था छ । ठुलाबडासगँको प्रत्यक्ष भेटघाटले योजनाहरु सहज रुपमा सम्पन्न गर्न सहयोग पुर्याउनेछ । घरायसी आर्थिक लेनदेन तथा कारेबारबाट टाडै रहनु नै उत्तम हुनेछ ।
तुला : कुरा काटनेहरुले तपाईको भैतिक सुख साधनको समेत चियो चर्चो गर्न पछि पर्ने छैनन । असहज परिस्थितिबाट उम्कन थप धन खर्च गर्नु पर्ने वातावरण आइलाग्न सक्छ । मेहनत गर्दा जिवनशैलि थप उचाइमा पुग्नेछ । प्रेमिकाबाट नसोचेको सहयोग प्राप्त हुदाँ समस्याको गाँठो स्वतः निर्मुल हुनेछ ।
वृश्चिक : आर्थिक कारोबारका क्रममा हैरानी तथा दौडघुप आइलाग्न सक्छ । रोकिएका काम बलबुता प्रयोग गर्न सके सुस्त गतिमा सम्पन्न हुनेछ । आफनाका लागि गरिएको प्रयत्न अर्थहिन सावित हुने सम्भावना छ । परोपकारी कार्यमा रुची बढ्नेछ । साताको अन्त्यमा भोजभतेरमा सहभागी भइनेछ ।
धनु : प्रेमीकाको सहयोगले व्यवसाय उचाइमा पुग्नेछ । शुभ तथा मंगलिक कार्यमा धन खर्च गर्नुपर्ने हुनसक्छ । राजनैतिक तथा सामाजिक सवालमा कम बोल्नु उपयुक्त हुनेछ । पेट सम्बन्धी समस्याले पिडा महशुस भएता पनि मंगलबारदेखी क्रमिक रुपमा कम भएर जानेछ । साताको अन्त्यमा भ्रमणमा सहभागि भइनेछ ।
मकर : अपरिचित व्यक्तिहरुको कुरामा भर पर्नु पूर्व तथ्य कुरा पत्ता लगाउने प्रयत्न गर्नुहोला । विशिष्ट व्यक्तिहरुको प्रेरणाले समस्या सुल्झाउन सहयोग पुग्नेछ । अरुको विश्वासमा पर्दा गोप्य सुचना बाहिरीन सक्छ । मेहनतले राम्रै अवसर प्रदान गर्नेछ । यो साता पश्चिमतर्फको यात्रामा सफल भइनेछ ।
कुम्भ : निजी तथा सरकारी क्षेत्रमा गरेका परिश्रमले परिणममुखी आन्नद दिलाउनेछ । विदेशमा अध्ययन गर्ने पाइला चाल्दा बजेटभन्दा बढी खर्च भै कार्य सम्पन्न हुनेछ । मन मिल्ने साथिहरुको आलोचना तथा सुझाव स्वीकार्दा विशेष फाइदा हुनेछ । तपाईका नौला प्रतिभाले उचित स्थान पाउनेछ ।
मीन : उपल्लो दर्जाका व्यक्तिहरुको दवाबमा गरिएको कार्यले मन खल्लो रहनेछ । सोचेजस्तो अवसर प्राप्त गर्नको निम्ति निलो रंगको पहिरन उत्तम रहनेछ । बुधबार पछिका दिनहरु अनुकुल नै हुनेछन । मन पराउनेसगँ मित्रता एवं प्रेमको गाँठो कसिन सक्छ । दिगो आम्दानी हुने मार्ग पहिल्याउन केही समय कुर्नु पर्ने हुन्छ ।