माघ ३० गते सोनाम ल्होछार । फाल्गुन २ भ्यालेन्टाइन डे । फाल्गुन ४ गते सरस्वती पूजा, वसन्त पञ्चमी ।
मेष : पूर्व परिचित मित्रहरुले तपाईको व्यक्तित्वलाई मन पराइ प्रेम प्रस्ताव गर्ने मनसाय बनाएका छन । भावनालाई बुझने प्रयत्न गर्नुहोला यसै सिलशिलामा क्रिम कलरको उपहार आइलाग्न सक्छ धन्यबाद टक्रयाउन नभुल्नुहोला । भ्रमणको क्रममा आफुले खर्च गर्दा कन्जुस्याई नगर्नु नै फलिफाप हुनेछ । रात्री अवेरसम्मको खानपानमा ध्यान दिनुहोला ।
वृष : आफनो छवि तथा प्रभावलाई मनपराउनेहरुको धुइरो लाग्नेछ । मनोरञ्जनका क्रममा साथीहरुसगँ लामो तथा छोटो यात्रा हुनसक्छ । रातो रंगको उपहार आदान प्रदान गर्दा मन प्रफुलित हुनेछ । दु्रत गतिमा साधन नचलाएर नै सुरक्षित भइनेछ । चिसो पेय पर्दाथको सेवनमा कमी ल्याउनु आफनो हितमा हुनेछ ।
मिथुन : यो साता मनोरञ्जनका क्रममा भेटिएका विपरित लिंगी मित्रहरुले मन पराएको भावना व्यक्त गर्ने सम्भावना छ । साथिभाइहरुले सहयोग गर्न तत्पर देखाउनेछन ।आफन्त बिचको भेटघाटले साता रमाइलो पूर्वक नै बित्नेछ । पूर्व दिशा तर्फको यात्रालाई प्राथमिक दिएमा नयाँ अवसर प्रशस्त भेटिनेछन ।
कर्कट : प्रसिद्ध पर्यटक स्थलमा प्रेमिकासगँ भावना आदन प्रदान हुनेछ । तपाईको क्षमतालाई यत्र तत्र सर्वत्र प्रशंसा गर्दै विभिन्न अवसरहरु स्वतः स्फुर्त आइलाग्ने छन । शिक्षा हासिल गर्ने सिलशिलामा विदेश यात्राको कार्य दु्रतगतिमा सम्पन्न गरेमा विशेष फाइदा पुग्नेछ । भविष्यको चिन्तालाई संयमद्धारा परास्त गर्न सकिनेछ । स्वास्थ सम्बन्धि गडवडीले सताउन भने सक्नेछ ।
सिंह : विश्वास पात्रलाई वचन दिदाँ संयमता अपनाउनु होला । विभिन्न परिकारमा रमाउदै प्रेमिकासगँ रसापान गरिनेछ । ठुला लगानिबाट सोचेजस्तो मुनाफा हात पर्न सक्छ । ठुला खाले कार्य सम्पन्न गर्दा ढिलो निर्णय दिनु उचित हुनेछ । अभिभावकको रुचिको ख्याल गर्दा आर्थिक हौरानी स्वतः दुर हुनेछ ।
कन्या : प्रेमिकाको सहयोग तथा उत्प्रेरणाले उचाइमा पुगिनेछ । मनका भावना साट्ने अवसर मिल्न सक्छ । जोडी नम्बरको सवारी साधन प्रयोग गर्दा यात्रा सहज हुने देखिन्छ । प्रतिस्पर्धिले काममा तगारो लगाउने प्रयास गरेता पनि विफल हुनेछ । कसैसगँ खुलेर कुराकानी गर्दा गोपनियतामा हेक्का राख्नु होला ।
तुला : प्रेम प्रेमिका विचको खटपटमा मलम लगाउन सुनौलो रंगको उपहारको आवश्यकता पर्नेछ । हात लागेका अवसरहरुलाई निरन्तरता दिन सके भविष्यका चिन्ता सहजै निर्मुल हुनेछन । चियोचर्र्चा गर्नेहरुसगँ सावधानी अपनाउनु होला । साताको अन्त्यमा सवारी साधन खरिद गर्न उत्सुक भइनेछ ।
वृश्चिक : अतुलनिय उपलब्धि हात पार्न थप मेहनतको जरुरी पर्नेछ । मन पराउनेको सामु स्वभाविक व्यवहार गर्दा नै उचाइमा पुगिनेछ । विदेश यात्राको सम्भावना टरेको छैन । साथीहरुसगँ घुमफिर तथा गफगाफमा समय व्यतित गर्दा प्रेमिका चिडिने सम्भावना छ । साताको अन्त्यमा रोजगारीको चिन्ताले पिरोल्न सक्छ ।
धनु : पारिवारिक सुख सुविधाको निम्ति विलासिताको सामाग्री खरिदमा खर्च गर्नुपर्ने हुन्छ । प्रेमिकासगँ पश्चिमतर्फको यात्राले लाभदायक तथा आन्नदित तुल्याउनेछ । मंगलिक कार्यको तिथि मिति तय हुने सम्भावना देखिन्छ । धनागमनमा रहेका चुनौतिहरु यथास्थितिमा नै रहनेछन् । साताको मध्यमा नसोचेको उपहार आइलाग्न सक्छ ।
मकर : बिशेष उपहारका साथ प्रेम प्रस्ताव प्राप्त हुन सक्छ । प्रियजनसगँको भेटघाटले साता रमाइलो बनाउनेछ । मेहनतले जीवनशैलिमा परिर्वतन ल्याउनुका साथै धेरैको मन लोभ्याउँन सकिनेछ । आम्दानीको दिगो स्रोत फेला पर्नुका साथै सवारी साधन जोडने अवसर जुटन सक्छ । सोमबार र मंगलबार अभिभावकलाई रिजाउने प्रयत्न गर्नुहोला ।
कुम्भ : सुनौलो रंगको पहिरनले कार्य सम्पन्न गर्न सहजता महसुश हुनेछ । मनपराउनेले घुमाउरो भाषा प्रयोग गरि प्रेम प्रस्ताव राख्दा मुटुको धडकन बढ्न सक्छ संयमता अपनाउनु होला। हेलचेक्रयाँइ गरि यात्रा गर्दा आर्थिक नोक्सानको थप भार पर्नेछ । नयाँ कार्य सफल पार्न खर्च र मेहनतको जरुरी पर्नेछ ।
मीन : प्रेमिका घुमघाम गर्न लालाइत भएको अवस्थालाई मध्यनजर गर्दै भ्रमणमा सहभागी भइनेछ बोलीको प्रभावले नकरात्मक क्षण निम्त्याउन सक्छ , कम बोल्दा नै जस पाइनेछ । सामाजीक सरसफाइ तथा टोल सुधारको कार्यक्रममा समय खर्चीनु पर्ने हुन्छ । सवारी साधन चलाउँदा संयमता अपनाउनुहोला ।