श्रावण १७ गते विश्व स्तनपान सप्ताह प्रारम्भ । १९ गते जनै पूर्णिमा, रक्षा बन्धन । २० गते गाइ जात्रा ।
मेष : अपरिचित व्यक्तिलाई छिटो विश्वास गर्नाले धोका हुन सक्छ । परिश्रम तथा बुद्धिको सहायताले सफल भइनेछ । परिवारजनको भावनालाई आत्मासात गर्दा समस्याको पहिचान गर्न सकिनेछ । आलोचना गर्ने आफन्तजनहरु नजिकिनेछन् । भोज भतेरमा संयम रुपमा प्रस्तुत रहनुहोला ।
वृष : भविष्यको निम्ति दिगाो जग बसाउने बेला आएको छ । छोटो समयमै घुलमिल हुन खोज्नेहरुसगँ सचेत रहुनुपर्ला । मान्यनजनको सुझावलाई अत्मासात गर्दा जीवनले सकरात्मक उर्जा प्राप्त गर्ने देखिन्छ जसका कारण आर्थिक क्षेत्रमा गरिएका प्रयत्नले लक्ष्यमा पुग्ने बाटो देखाउनेछ ।
मिथुन : थालेका व्यवसायबाट लाभ लिन केहि समय कुर्नु पर्नेछ । सामाजिक काममा सहभागी हुने अवसर जुर्नेछ । स्वदेशी तथा विदेशी साथीभाइसगँ सम्बन्ध प्रगाढ रहनेछ । खराब आचरण हुनेहरुले जालझेल गर्न सक्छन सचेत रहनुपर्नेछ । प्रलोभन देखाउनेहरुबाट टाढा रहदै प्रतिष्ठा जोगाउने कोसिस गर्नुहोला ।
कर्कट : आर्थिक लगानिको कारोबारबाट सन्तोषजनक परिणम हात लाग्नेछ । कार्य दत्ततामा वृद्धि भै सोचेका कार्यहरु सहज रुपमा सम्पन्न हुनेछन । पे्रम प्रेमीका बिचको मधुरताले पारस्पारिक सम्बन्ध थप उचाइमा पुग्नेछ । भैपरि आउने दुर्घटनाबाट जोगिन संयमताको जरुरी पर्नेछ ।
सिंह : यो साता रातो पहिरनले विविध अवसर दिलाउनेछ । पारिवारीक जिम्मेवारीले मन पिरोल्न सक्छ । परिस्थितीलाई वेवास्था गरियो भने संकट निम्तिन सक्छ । मन पराउने साथीहरु नजिक हुन खोज्दैछन ,भावना बुझने प्रयत्न गर्नुहोला । भोज भतेरमा सहभागी हुदाँ समय तथा स्वास्थप्रति सचेत रहनुहोला ।
कन्या : परिवारका सदस्य बिच खटपट हुन सक्छ , जसलाई निर्मुल गर्न घर परिवारमा समय खर्चीनु पर्ने हुन्छ । विभिन्न खाले अवसरले पिछा गरेको अवस्था छ । आम्दानी राम्रै भएपनि खर्चको मात्राले पिरोल्न सक्छ । प्रेम प्रस्ताव राख्नेहरुसगँ सचेत रहनुमा नै आफनो कल्याण हुनेछ ।
तुला : यो साता लामो समय देखि रोकिएका कामको गाँठो फुक्नेछ । नोकरीमा स्थानान्तरण तथा पदान्नतीको योग परेकोछ । कामका बिभिन्न अवसरहरु मिल्नेछन । दोष थुपार्नेहरु प्रशंसा गर्न थाल्नेछन । अरुको मुख नताकी सहि निर्णय लिदाँ थप अवसर पाइनेछ ।
वृश्चिक : सरकारी क्षेत्रमा रोजगारी भएकाहरुको स्थानतरणको सम्भावना छ । भैतिक सुखले मात्र ढुक्क हुन नसकिएला । विश्वासपात्रले कुरा काटदा मन खिन्न हुनेछ । परिवारिक सहयोगले महत्वपुर्ण कार्य सम्पन्न गरिनेछ । साताको अन्त्यमा धार्मीक कार्यप्रति रुची बढ्नेछ ।
धनु : नयाँ अवसरले थप मेहनतको अपेक्षा गरेको छ । भविष्यको चिन्ताले सताउन सक्छ । स्वार्थी साथीहरुका कारण मन खिन्न हुनेछ । कार्य सम्पन्न गर्ने क्रममा अपजसको सामना गर्नुपर्ला । धार्मीक कामले संयमित रहन प्रेरित गर्नेछ । परिवर्तित मौसम प्रतिकुल हुनाले स्वास्थ प्रति सचेत अपनाउनु पर्नेछ ।
मकर : मेहनतले कार्य सम्पन्न गर्न सहज हुनेछ । प्रेम प्रेमिका बिचको तितोपनले उचाइ लिने सम्भावना छ कम बोल्दा आफुलाई फाइदा हुनेछ । बल मिच्याइ पूर्वक गरिएका कार्य बिग्रने सम्भावना छ । बिदेश जाने प्रक्रिया अधि बढाउँदा बढी खर्च भएता पनि ढिलो गरि सफलताको हात लाग्नेछ ।
कुम्भ : गोपनीयतामा विशेष ध्यान दिनुहोला । कुरा काट्ने तथा असहयोगीहरु सलबलाएको अवस्था छ । मनभित्र उब्जिएका चन्चलताबाट संयमित रहनुमा नै आफनो कल्याण हुनेछ । अधुरा कार्यहरु क्रमिक रुपमा सुचारु हुनेछन । रात्रि अवेरसम्म यात्रा गर्दा समयको ख्याल गर्नुपर्नेछ ।
मीन : आफनै जुक्ति बुद्धिले प्रतिकुल अवस्थालाई अनुकुल बनाइनेछ । आर्थिकपक्ष सवल हुदै विदेश भ्रमण गर्ने अवसर जुटन सक्छ । नगद सापटी लिएकाहरुले कारोबारमा जालझेल गरि झुक्याउन सक्छन समयमै सचेत रहनुपर्ला । चिसो वातवरणमा स्वास्थ प्रतिकुल हुन सक्छ विचार पुर्याउनु होला ।