८ गते वराह ज्यन्ती । १० गते नाग पञ्चमी , कल्की जयन्ती । १२ गते तुलसीदास जयन्ती ।
मेष : प्रशंसाकहरु आलोचना गर्न सक्छन , कम बोल्दा आफु सुरक्षित भइनेछ । आफुले चालेका महत्वपूर्ण कार्यहरु ओझेलमा पर्नाले मनमा चोट पर्न सक्छ । हरिया तथा रातो रंगको प्रयोगले निराशा उत्साहमा परिणत हुनेछ । साताको अन्त्यमा योग तथा ध्यान गर्न सके तनावबाट पूर्ण मुक्त भइनेछ ।
वृष : पुरुषार्थले अप्ठ्यारा समस्या सुल्झाउदै प्रतिष्ठा दिलाउन सक्छ । प्रतिकुल परिस्थितिमा शुभचिन्तकहरु कमै हुनेछन भने फाइदा उठाउनेहरु प्रशस्त भेटिनेछन । काम देखाएर धेरैको प्रशंसा बटुल्न केहि समय लाग्नेछ । तत्काललाई समस्या देखिए पनि निरन्तरको प्रयासले सहि मार्ग पहिल्याउन सकिनेछ ।
मिथुन : समयले साथ नदिदाँ पछि परिनेछ । मेहनतले सफलता दिलाउन सक्छ । प्रतिकुल अवस्थामा पूर्वयोजना कार्यान्वयन नगर्दा नै उपयुक्त हुनेछ । आफन्तजनले आर्थिक संकटमा पार्ने सम्भावना छ , कारोबार गर्दा सावधानी अपनाउनुहोला । पारिवारिक विवादबाट टाडा नै उपयुक्त हुनेछ ।
कर्कट : परोपकारी भावनाले गरिएका सामाजिक प्रयासहरुले चौतर्फी प्रतिष्ठा बढाउनेछ । गणेश भगवानको आराधना गर्न सके मन विचल्लीत हुने छैन ।प्रेम जीवनमा अल्झन देखा परे पनि साताको मध्यबट पुन रतिरागको भावना साटासाट हुनेछ । अरुका लागि समय धन तथा वुद्धि खर्चनु पर्नेछ ।
सिंह : कर्मचारी बर्गले गोपनियता तथा आर्थिक कारोवारमा सचेतता अपनाउनु पर्नेछ । शारिरिक क्षमता जोगाउन खानपानमा फेरबदल गर्न जरुरी छ । परोपकारी कार्य गरेर नै अरुको मन जित्न सकिनेछ । साताको अन्त्यका परिस्थितिलाई बेवास्था गर्दा मानसिक पिडा र स्वास्थमा समेत समस्या आइलाग्न सक्छ ।
कन्या : इष्र्या गर्नेरु पछि लागेको अवस्था छ भविष्यको लागि विशेष कार्यमा जग बसाउने सकिनेछ । पारिवारिक वादविवादबाट टाडा रहदाँ नै आफनो कल्याण हुनेछ । धर्म तथा परोपकारी कार्यमा रुची बढाउदाँ आफु उचाइमा पुगिनेछ । साताको अन्त्यमा समय सुधारोन्मुख हुनेछ ।
तुला : कुनै क्षेत्रबाट पनि आकस्मिक लाभ हुने छैन । पारिवारीक योजना कार्यन्वयन गर्न कठिनाइ हुनेछ । परिचित मित्रबाट समेत सहयोग नपाइएला । बन्न लागेका कार्यहरु ओझेलमा पर्नेछन विवेक तथा धैर्यता पूर्वक निर्णय गर्दा उपयुक्त होला ।स्वास्थप्रति सजक रहनुपर्नेछ ।
वृश्चिक : मानसिक दुर्बलता देखा पर्न सक्छ , योग ध्यान तथा शारिरिक व्यायाम गर्न सके फाइदा पुग्नेछ । योजनाहरु आंशिक रुपमा कार्यान्वयन हुनेछ । मनको उत्साह भयमा परिणत हुन सक्नेछ । साताको अन्त्यमा सञ्चार माध्यमको अनुशरण गरि नयाँ योजना बनाइनेछ ।
धनु : अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ । विपन्न आर्थिक समुदायमाझ सहयोगी भुमिका निर्वाह गर्दा आफनो परिचय चर्चित बनाउन सकिनेछ । भेट्न आउने मित्रसँग सावधानी अपनाए वेशै होला । बोलिमा थप प्रभाव पार्न पहेला रंगको अनुशरण लाभदायक मानिनेछ ।
मकर : समाजसेवा तथा परोपकारी कार्य गर्दा धेरैको मन जित्न सकिनेछ । प्रतिष्ठा जोगाउन अरुका लागि समय धन तथा वुद्धि खर्चनु पर्नेछ । हितैषिसगँ सुझाव संकलन गरि अघि बडे आफु सुरक्षित भइनेछ । बाहिरी वातावरणमा घुलमिल हुदाँ सामाजिक दुरी राख्दा नै आफनो कल्याण हुनेछ ।
कुम्भ : मित्रहरुबाट नौला किसिमका प्रस्तावहरु राख्निेछन् त्यसलाई सकरात्मक रुपमा लिनु होला । आलोचना गर्नेहरु बढी नै हुने भएता पनि तपाईका दृडताले पराजय सामना गर्नु पर्ने छैन । खानपानको असावधानीले स्वास्थमा समस्या देखा पर्न सक्छ , अधिक पहेला किसिकका फलफुल सेवनले स्वास्थ अनुकुल हुनेछ ।
मीन : आर्थिक सन्तुलन गडबड हुदाँ प्रशंशा गर्नेहरु भित्रभित्रै आलोचना गर्न थाल्नेछन , बोलिको मघुरताले बिग्रन लागेका सम्बन्धलाई मलम लगाउन सहयोग गर्नेछ । कृषि तथा पशु व्यवसायमा लगानी गर्दा खेर्र जाने छैन । आर्थिक समस्याले सताउन सक्छ । साताकोे अन्त्यमा पेट सम्बन्धी वेदनाले खर्च गराउला ।