चैत्र २६ गते हनुमान जयन्ती । बालाजु बाइस धारा मेला
वैशाख १ गते नयाँ बर्ष २०७७ आरम्भ ।
राशिमा जे लेखिएको भए पनि नयाँ वर्ष सुखमय बनोस्, विश्वमाथि मडारिएको कालो बादल हटेर जाओस्, नेपालमा बिना कुनै नोक्सानी कोरोनाको आतंक शान्त बनोस् । हाम्रो पनि शुभकामना ।
मेष : मन पराउनेबाट आएका प्रस्ताव स्विकार्दा दुवैको कल्याण हुनेछ । तपाईलाइ प्रयोग गर्नेहरु भित्र भित्रै षड्यन्त्र गरि रहेका छन । यात्राको समय तालिकमा फेरबदल हुदाँ स्वास्थ बाधाले सताउन सक्छ ।अवरोधहरु निर्मुल पार्न अभिभावकको प्रेरणादायक भुमिका हुनेछ । रात्रि समयमा यात्रा गर्दा सावधानी अपनाउनु पर्ने देखिन्छ ।
वृष : सहयोगिका प्रस्तावलाई स्वाीकार्दा फलिफाप नै हुनेछ । अभिभावकको सुझाव मुताविक कार्य गर्दा परिणाम प्राप्त गर्न सहज हुनेछ । मनोरञ्जन कार्यमा भाग लिदा स्वास्थको ख्याल गनु पर्ने हुन्छ । साधन चलाउँदा सावधानी अपनाउनु होला । साताको अन्त्यमा फजुल खर्चले सताउने छ ।
मिथुन : देखासिकी गर्नेहरु भित्रभित्रै डाह गर्न थाल्नेछन । सोच विचार नगरी आर्थिक सहयोग गर्ने बचन दिदाँ प्रतिकुल परिस्थिति आइलाग्न सक्छ । हरिया रंगहरु अवलम्बन गर्न सके चुनौति सामना गर्न सहज हुनेछ । नयाँ कार्य क्षेत्रहरु पहिचान गरी सफलता समेत हात पारिनेछ ।
कर्कट : टाडाको साथीको सुझावलाई अनुशरण गर्दा आथिक संकट टार्न सकिनेछ । नसोचेको विषयले फजुल खर्च गराउनेछ । विपरित लिङ्गी साथीलाई बचन दिदाँ संयम अपनाउनुहोला ।ै नौला स्थानको भ्रमण गर्दास्वास्थप्रति बिशेष ध्यान दिनुपर्नेछ ।
सिंह : नयाँ अवसरसँगै सवारी साधन खरिदगर्ने सम्भावना टरेको छैन । स्वार्थी मित्रहरुले घेरा हाल्न सक्छन सकेसम्म उनीहरुबाट टाडै रहनुपर्नेछ । अर्कालाई सहयोग गर्न मन लालयित हुनेछ । साताको अन्त्यमा मनग्य धन खर्च गर्नुपर्नेछ ।सामाजिक कार्य सम्पन्न गर्न सहभागिताको अवसर जुर्नेछ ।
कन्या : उच्च ओहोदाका सरकारी कर्मचारीलाई रज्यस्तरका महत्वपुर्ण जिम्मेवारी हात लाग्दा थप चुनौति सामना गर्नु पर्नेछ । गरि आएका पुराना कामबाट व्ययको भार मिल्नेछ । वैदेशिक कार्यमा अघि नबढ्दा नै उपयुक्त हुनेछ । स्वास्थ एवं समयप्रति विशेष ध्यान दिनुहोला ।
तुला : सुमधुर पारिवारीक वातावरणले नयाँ कार्यकोथालनीमा आर्कषक भइ श्री गणेशको लागी तिथी मिती तथ गरिनेछ । फजुल खर्च र आर्थिक संकट वृद्धि भै मानसिक तनावलाई हटाउन योगाभ्यास गरी मुक्त भइनेछ । साताको अन्त्यमा सवारी साधनप्रति लालायित भइनेछ।
वृश्चिक : पारिवारीक भेटघाटले रमाइलो पूर्वक दिनहरु बित्नेछन ।आफुले गरेको कार्यक्षेत्रमा बोझिलो कार्यभार आइलाग्न सक्छ । पैत्रिक धन खर्च गरी जग्गाजमिन खरीद गर्न आकर्षित भइनेछ । योजना भन्दा बढी खर्च हुनाले सहकर्मीबिच विवाद बढ्न सक्छ । घरायशी कामका बिषयमा भने रुची घट्नेछ ।
धनु : ठुला खाले आर्थिक कारोबार नगर्दा नै सुरक्षित भइनेछ ।सहपाठी मित्रहरुको सुझाबबाट अधि बढिनेछ । आफुसँग भएका क्षमता प्रर्दशन गर्ने क्रममामन मिल्ने साथीकोे मार्गदर्शन अवलम्बन गर्नुहोला । अभिभावकहरुले व्यवहारीक जिम्मेवारी दिलाउनेछन । प्रतिष्ठीत व्यक्तिको सहयोग प्राप्त भै झिनामसिना समस्याको गाँठो फुक्नेछ ।
मकर : गल्ती सच्याउनाले सामाजीक क्षेत्रमा महत्वपूर्ण भुमिकाको अवसर पुनः प्राप्त भइ टाडिएका साथीभाइहरु नजिकिनेछन । सोचेको लक्ष्य प्राप्त गर्न थप मेहनतको जरुरी पर्नेछ । सातको अन्त्यमा स्वास्थमा बिशेष ध्यान पुर्याउनुहोला । धन जोह नगर्दा आर्थिक संकटमा परिनेछ ।
कुम्भ : प्रेमिकाको समर्थनले सञ्चालीत व्यवसाय उचाइ लिन थप धनको आवश्यक पर्नेछ । सामाजीक संध संस्थामा सेवा गर्दा सके सम्म कम बोल्नु आफनो हितमा हुन्छ । पेट सम्बन्धि समस्याले समान्य पिरोल्न सक्छ । बाहिरी खानेकुरा खादाँ बिचार पुर्याउनुहोला । साताको अन्त्यमा अभिभावकको प्रेरणा तथा हौसललाले प्रतिस्पर्धीलाई पछि पार्न सकिनेछ ।
मीन : व्यपार र व्यवसायमा परेको व्यय भारले गर्दा मानसिक पिडा हुन सक्छ , धैर्य गर्न सके उन्नतीका मार्ग भेटिनेछ । विपक्षीको छल कपट र जाल झेलमा भने सावधानी अपनाउनुपर्नेछ । व्यवसाय सञ्चालनमा यथाकदा अवरोध तथा कठिनाई भने महसुस हुनेछन् । सप्ताहन्तमा परोपकार कार्यमा रुची बढनेछ ।