free website hit counter

२०७६ पुस १९ गते शनिबारदेखि पुस २५ गते शुक्रबारसम्म

beemaadmin
२०७६ पुष २०, आईतवार

पौष २१ गते पुत्रदा एकादशी । २४ गते नेपाल ज्योतिष परिषद स्थापना दिवस । पौष २५ गते श्री स्वस्थानी व्रतारम्भ ।

मेष : परिस्थिति मुताविक चल्न नसक्दा अरुको मुख ताक्नु पर्ने हुन सक्छ । आफ्नो नामबाट डाहा गर्नेहरुले फाइदा उठाउन सक्छन । मंगलबारदेखि मित्रहरुको सहयोग एवं विद्ववानहरुको सद्भाव पाइने छ । जीवनशैलिमा परिर्वतन ल्याउन मेहनतको आवश्यकता पर्नेछ । साझेदारी व्यवसायमा पनि हुनेछ ।

वृष : विधार्थी वर्गका विशेष उपलब्धिमुलक समय छ । तर्क शत्तिका बलले उन्नतिको मार्ग पहिल्याइने छ । सोचे जस्तो रोजगारीमा प्रवेश वा पदोन्नती सम्भावना छ । अनुकुलस्थानमा स्तानान्तरण आइलाग्न सक्छ । विदेश भ्रमणमा समय अनुकुल देखिन्छ । सेतो रंग अवलम्बन गर्दा विशेष फाइदा हुनेछ ।

मिथुन : आफ्नो प्रतिभाको उच्च मुल्यांकन हुनुका साथै सामाजिक रुपमा ख्याति बढ्नेछ । हतारमा गरिएको कामले उल्टो परिणामा दिन सक्छ । भाग्यले मन मिल्ने पात्र जुराउन सक्छ । उच्चतहका बैद्धिक व्यक्तित्वहरुबाट व्यवहारिक सहयोग पाइनेछ जसको निम्ति केही दैडधुप गर्नुपर्ने हुन्छ ।

कर्कट : आफ्नो कार्य क्षमतालाई अभिभावककले खुलेर समर्थन गर्न छैनन् । सभा सम्मेलन तालिम आदिमा सहभागी हुने अवसर प्राप्त होला । दैनिककार्य क्षेत्रका अवरोधहरु स्वतः हट्दै जानेछन् । झुट्टा आरेप आइलाग्ने सम्भावना छ, त्यसबाट बच्न कम बोल्नु नै आफ्नो हितमा हुनेछ । साताको अन्त्यमा नजिकका नातेदारबाट अपजस पाइनेछ ।

सिंह : यो साता स्वास्थ्यले सोचेजस्तो साथन दिन सक्छ बाहिरी खानपानबाट टाडा रहदै सकेसम्म व्यबहारिक रुपमा तातो वस्तुहरु प्रयोज गर्ने प्रयत्न गर्नु होला । सरोकार नभएका विषयले फजुलखर्च बढाउने छन् । रातो रंग प्रयोगले अभिष्ट पुरा गर्न सहयोग गर्नेछ । राम्रा काममा लगानि गर्ने अवसर मिल्नेछ ।

कन्या : विश्वास पात्रले बचन फेरबदल गर्न खोज्दा मानसिक तनाव उत्पन्न हुनेछ । अभिभावकको मध्यस्ततामा खलबलिएको सम्बन्छ पुनः विश्वासमा परिणत हुनेछ । गोपनियता तथा होशियार पनमा बढी ध्यान दिनु पर्नेछ । बिचार नगरि कामका संलग्न हुदाँ नोक्सानी व्यहोर्नु पर्नसक्छ । साताको उत्तराध्यमा समय अनुकुल रहनेछ ।

तुला : भित्रैबाट मनपर्ने व्याक्तिहरुसँगको भेटघाटले साता उत्साहप्रद रहनेछ । पारिवारीक जमघटमा तपाईको मंगलिक कार्य सम्पन्न गर्ने विषयमा छलपल हुने सम्भावना छ । सेवा मुलक काम गरेर नाम दाम एवं प्रतिष्ठा कमाउन सकिनेछ । खानपानको निम्तोमा संलग्न हुदाँ स्वास्थको ख्याल गनुपर्नेछ ।

वृश्चिक : साथीभाइसँग रात्रिको समयमा खानपानमा सहभागी हुदँ सावधानी अपनाउनु होला । काममा सफता मिली धन आर्जन गर्न सकिनेछ । सोचेजस्तो दाम हातपर्दा अभिभावकहरु दंग पर्नेछन् । जोडि नम्बर तथा सुनौलो रंग पयोग गर्न सके कार्य सम्पन्न गर्नथप सहज हुनेछ ।

धनु : पहेला रंगका पहिरनमा प्रस्तुत भै मठ मन्दिर परिक्रमा गर्न आकर्षित भइनेछ । पूण्य आर्जन गर्दै भ्रमण गर्ने सम्भावना टरेको छैन । खानपानमा फेरबदल भै शरिरिक दुर्बलता देखा पर्न सक्छ । पारिवारिक सल्लाहमा अन्योल देखापर्दा तपाईको ठोस प्रस्ताव नै निर्णायक हुनेछ ।

मकर : सामान्य मनमुटावमा नै टाढि¬एका प्रेम–प्रेमीकाबीचको सम्बन्ध विश्वासिलो वातावरणमा परिणत हुदैँ एकान्तको आकस्मिक यात्रा गरिनेछ । तपाईको मेहनत, कर्मठता एवं लगनशिलताले समाजमा प्रतिष्ठा दिलाउने छ । प्रतिस्प्रर्धिहरुलाई उछिन्न सकिनेछ । कुरा काट्नेहरु प्रशंसा गर्न थाल्नेछन् । बाहिरी यात्रा गर्दा समयको ख्याल गर्नुहोला ।

कुम्भ : झन्जटिला कार्यहरु आइलाग्दा निराशाले डेरा जमाउन सक्छ । योग, ध्यान, शारिरीक कसरतले आलस्यताबाट मुक्त गर्न सहयोग पुर्याउनेछ । ठुला बडाको झुटो आश्वासनमा पर्दा आर्थिक क्षती व्यहोनुपर्ने हुन सक्छ । मन पराउनेको प्रस्तावप्रति सोचेर निर्णय लिनुहेला । साताको अन्त्यमाभने घरायशी व्यवहारमा समय खर्चिनु पर्नेछ ।

मीन : सानो लगानीले नै व्यवसायिक फड्को मार्दा रिस गर्नेहरु छटपटाउन सक्छन् । तपाईले अपेक्षा गरेको सहयोग मित्रवर्गबाट सहजै प्राप्त हुनेछ । प्रेमिका प्रेरणाकी स्रोत साबित बन्न सक्छिन् । सवारी साधन चलाउँदा केही संयम अपनाउनु होला । बाहिरी खानपानमा सहभागी हुदाँ स्वास्थ्य सम्बन्धि ख्याल गर्नु पर्नेछ ।

सम्बन्धित समाचार

श्रावण २८ देखि भाद्र २ गते सम्म

beemaadmin
२०७८ श्रावण २८, बिहीबार

श्रावण १२ देखि १८ गतेसम्म

beemaadmin
२०७८ श्रावण १२, मंगलवार

असार ३० देखि श्रावण ६ गतेसम्म

beemaadmin
२०७८ असार ३०, बुधबार