free website hit counter

पैसा र फोनको स्क्रिनमा २८ दिन बाँच्छ कोरोना

beemaadmin
२०७७ आश्विन २६, सोमबार

काठमाडौं । अनुसन्धानकर्ताहरुले कोभिड १९ फैलाउने भाइरस बैंक नोट, फोनको स्क्रिन र स्टिलनेस स्टिलमा २८ दिनसम्म जिवित रहनसक्ने पत्ता लगाएका छन्। अस्ट्रेलियाको नेसनल साइन्स एज्न्सीले दिएको सुझाव अनुसार कोभिड १९ लामो समयसम्म जिवित रहन सक्छ। अनुसन्धानकर्ताहरुले अध्यारो ठाउँमा गरेको परीक्षणले यस्तो नतिजा निकालेको हो। अल्ट्राभाइलेट प्रकाशले भाइरसलाई मार्ने यसअघिको अनुसन्धानमा देखाइसकेको छ। भाइरस लामो समय जिवित रहनसक्ने बताए पनि त्यसले मानिसको शरीरमा प्रभाव पार्न सक्ने या नसक्ने भन्ने द्विविधा भने रहेको विज्ञहरुको भनाइ छ। सतहबाट मानिसमा कोरोना भाइरस सल्किन्छ भन्ने विवादित विषय रहेको केही अनुसन्धानकर्ताको दावी छ। किनकि कोरोना भाइरसको संक्रमण बोल्दा वा हाच्छिउँ गर्दा हुने गरेको देखिन्छ।
साथै हावामा पनि भाइरस अडिन सकेको तथ्य पनि बाहिरिएको थियो। साथै विभिन्नखाले सतहबाट जनस्तो कि धातु वा प्लास्टीक आदि छुँदा पनि संक्रमणको सम्भावना रहने अमेरिकाको सेन्टर्स फर डिजिज कन्ट्रोलले जनाएको छ। तर, यसलाई हाच्छुयुँ वा बोल्दाजस्तो जोखिमपूर्ण मानिएको छैन। यसअघिका प्रयोगशालामा भएका परीक्षणमा बैंक नोट वा सिसामा यो भाइरस दुई वा तीन दिनसम्म रहनसक्ने, प्लास्टिक र स्टिलनेस स्टिसलमा ६ दिनसम्म जिवितै रहनसक्ने देखाएको थियो। यद्यपि अनुसन्धानअनुसार दिनको संख्या भने फरक भेटिन्छ।

यसैबीच अस्ट्रेलियाको अनुसन्धान सार्वजनिक भएको हो जसले भाइरलाई लामो समयसम्म जिवित रहने देखाएको छ। समथर सतह भएका सिसा, मोबाइल स्क्रिन, प्लास्टिक वा पेपर नोटलाई २० सेल्सियस तापक्रम र अध्यारोमा राखेर परीक्षण गर्दा भाइरस २८ दिनसम्म बलियो अवस्थामा रहने देखिएको हो। अरु फ्लु भाइरस यही वातावरणमा १७ दिनसम्म बाँच्ने भेटियो।
यो अनुसन्धानको रिपोर्ट भाइरोलोजी जर्नलमा प्रकाशित भएको छ जसमा भाररस कम तापक्रमको तुलनामा बढी तापक्रम हुने ठाउँमा छिट्टै निस्क्रिय हुन्छ। ४० डिग्री तापक्रम भएको सतह छ भने त २४ घन्टामा भाइरस सर्ने हैसियतमा रहन्न।
कुनै पनि कपडामा १४ दिनसम्म भाइरस जिवितै रहने देखिएको छ।
कार्डिफ युनिभर्सिटीका प्राध्यापक तथा कमल कोल्ड सेन्टरका पूर्व निर्देशक रोन इक्लेसले अनुसन्धानको कडा आलोचना गरेका छन्। उनले भनेका छन्, २८ दिन भाइरस जिवित रहन्छ भनेर मानिसलाई अनावश्यक अत्याउने काम भएको छ।

सम्बन्धित समाचार