free website hit counter

आयुर्वेद कलेजमा अध्ययनरत विद्यार्थीको रहस्यमय मृत्यु

beemaadmin
२०७७ चैत्र ३, मंगलवार

काठमाडौं । किर्तिपुरस्थित आयुर्वेद कलेजमा डाक्टर पढ्दै गर्नुभएकी गायत्री भट्टको रहस्यमय मृत्यु भएको छ । भट्टलाई बिहीबार साथीहरुले छात्रवासमा अचेत अवस्थामा ओछ्यानमा लडेको अवस्थामा फेला पारेका थिए । बिहीबार बिहान साढे ८ बजे साथीहरुसँगै खाना खानुभएकी १७ वर्षकी भट्टलाई सोही दिनको साझँ साथीहरुले बेहोस अवस्थामा फेला पारेको कलेज प्रमुख डा. शिव मंगलले जानकारी दिनुभयो ।

साथीहरुसँग बिहान खाना खानुभएको रहेछ, शिवरात्री भएकाले मन्दिर दर्शन गर्न जाऊ भनी साथीहरुले अनुरोध गर्दा आफु राती नसुतेको र आगामि परीक्षाको तयारी गर्ने भन्दै नजाने बताएपछि साथीहरु मात्रै मन्दिर जानुभएछ, मंगलले भन्नुभयो, दिउँसो ३–४ बजेतिर मन्दिरबाट फर्किएर साथीहरुले कोठामा बोलाउँदा नबोलेपछि छिमेकीको घरबाट कोठामा हेर्दा लडेको देखेपछि साथीहरुले तुरुन्तै किर्तिपुर अस्पताल पुर्याउनुभयो तर अस्पताल पुर्याएको ५ मिनेटमै डाक्टरहरुले मृत घोषित गर्नुभयो ।

बीएएमएसको प्रथम वर्षमा अध्ययनरत भट्ट सुदुरपश्चिमको टपर विद्यार्थीसमेत रहेको मंगलले बताउनुभयो । महानगरीय प्रहरी वृत किर्तिपुरका प्रहरी नायब उपरीक्षक रुकेस तण्डुकारका अनुसार भट्टको कोठामा हेर्दा उहाँले अत्याधिक औषधि खानुभएको थियो । यद्यपी घटनाबारे छानबीन भइरहेको उहाँले बताउनुभयो । भट्टको शवको पोष्टमार्टमा गरिएको र रिपोर्ट आउन बाँकी रहेको डीएसपी तण्डुकारले जानकारी दिनुभयो ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार