free website hit counter

अक्सिजन पनि नपाएर १२ संक्रमितको ज्यान गयो

beemaadmin
२०७८ बैशाख ५, आईतवार

नयाँ दिल्ली । महामारीले सबैतिर आतंक सिर्जना गरेको छ । भारतजस्तो सम्पन्न मुलुकमा समेत स्वास्थ्य सामग्रीको अभाव भइरहेको छ । जहाँ अक्सिजनकै अभावमाका कारण संक्रमितले ज्यान गुमाउनु परेको छ । भारतको मध्यप्रदेशमा आक्सिजन अभावका कारण १२ कोरोना संक्रमितको मृत्यु भएको छ । प्रदेशको शहडोल मेडिकल कलेजको सघन उपचार कक्ष (आईसीयू) मा उपचाररत ती संक्रमितको अक्सिजन आपूर्तिमा समस्या भएपछि शनिबार राति मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । समाचारका अनुसार उपचाररत संक्रमितमा अक्सिजन अभाव हुन थालेपछि तड्पिन थालेका थिए । त्यसपछि मात्र अक्सिजन व्यवस्था गर्न अस्पताल प्रशासन हतारिएको थियो । यसअघि पनि सो अस्पतालमा १० कोरोना संक्रमितको अक्सिजन अभावकै कारण ज्यान गएको बताइएको छ । यससँगै अक्सिजन अभावकै कारण अस्पतालमा ज्यान गुमाउनेको संख्या २२ पुगेको दैनिक भास्करले जनाएको छ । पछिल्लो समय भारतमा कोरोना संक्रमण तीव्र बनेपछि अस्पतालमा बिरामीको चाप बढेको छ । यससँगै अक्सिजन, रेम्डिसिभिरलगायतका औषधीको अभाव भएको समाचार बाहिर आएका छन् ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार