free website hit counter

२६ करोडको सुईले काम गरेन, ११ महिने बालिकाको मृत्यु

beemaadmin
२०७८ श्रावण २३, शनिबार

एजेन्सी । संसारकै सबैभन्दा महंगो २६ करोड रुपैयाँ मूल्य पर्ने औषधिले पनि ११ महिनाकी बालिकालाई बचाउन सकेन । यी बालिकालाई यो अत्यन्तै महंगो पर्ने औषधिको सुई लगाइएको थियो तर यी बालिका वेदिका शिन्देको मृत्यु भएको छ । आइतबार राती सास फेर्न समस्या भएपछि उनलाई पुणेको एक अस्पतालमा भर्ना गरिएको थियो । अबेर राती उनको मृत्यु भएको छ ।

महाराष्ट्रको पिंपरी चिंचवाडका सौरभ शिन्देकी छोरी वेदिकालाई स्पाइनल मस्कुलर एट्रफी ९एसएमए० नामको जेनेटिक स्वास्थ्य समस्या थियो । उनको उपचारको लागि उनका मातापिताले क्राउडफण्डिङमार्फत हजारौं जनाबाट सहयोग उठाएर २६ करोड रुपैयाँ जम्मा गरेर अमेरिकाबाट जोलगेन्स्मा नामको इन्जेक्सन मगाएका थिए । यो रोगको यही अन्तिम उपचार मानिन्छ ।

वेदिकालाई जुन महिनामा यो इन्जेक्सन लगाइएको थियो । त्यसपछि पूरै परिवार निकै खुसी थिए र वेदिकाको कहानी सामाजिक संजालमा निकै भाइरल भइरहेको थियो । तर, यो खुसी धेरै दिन टिक्न सकेन र वेदिकाले आइतबार संसारबाट विदा लिइन् । वेदिकाको यसरी मृत्यु भएपछि परिवार र उनलाई सहयोग गर्नेहरु शोकमा छन् । यति महंगो औषधि दिइसकेपछि पनि वेदिकाको मृत्यु कसरी भयो भन्ने विषयमा मानिसहरु प्रश्न उठाइरहेका छन् ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार