free website hit counter

साहारा फुटबल एकेडेमीलाई लुम्बिनी विकास बैंकको आर्थिक सहयोग

beemaadmin
२०८२ माघ २३, शुक्रबार

काठमाडौं । लुम्बिनी विकास बैंक लि. ले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत साहारा क्लब पोखराद्वारा पोखरा–१७ दोबिल्ला, कास्कीमा सञ्चालित साहारा फुटबल एकेडेमीलाई बिगत बर्षहरुमा गरिरहेको सहयोगलाई निरन्तरता दिदै आर्थिक सहयोग स्वरुप रु. २ लाख ५० हजार सहयोग हस्तान्तरण गरेको छ । बैंकका सञ्चालक समितिका सदस्य रामचन्द्र सिग्देलले साहारा क्लब पोखराका अध्यक्ष केशव बहादुर थापा लाई उक्त रकमको चेक हस्तान्तरण गर्नु भयो । कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुमन आचार्य, पोखरास्थित शाखाका प्रवन्धकहरु, क्लबका निवर्तमान अध्यक्ष विक्रम थकाली, बरिष्ठ उपाध्यक्ष पुर्ण बहादुर गुरुङ लगायत सरोकारवालाहरुको उपस्थिती रहेको थियो ।
कार्यक्रममा बैंकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत सुमन आचार्यले साहारा एकेडेमीमा आश्रित बाल–बालिकाहरु लाई निरन्तर सहयोग गर्न पाउनु खुसीको कुरा रहेको बताउनु भयो । साथै साहारा क्लबले निकै उदारणिय र प्रशंसनीय कार्य गर्दै आएकोमा क्लब लगायत संस्थाका पदाधिकारीहरुको उच्च प्रसंशा समेत गर्नुभयो ।
लुम्बिनी विकास बैंकले प्रदान गरेको आर्थिक सहयोगका लागि आभार प्रकट गर्दै साहारा क्लबका अध्यक्ष थापाले सहयोग रकम एकेडेमीमा आश्रित बालकहरुको खाजा र खानाका लागि खर्च गरिने बताउनु भयो । एकेडेमीमा हाल १५ जिल्लाका ३० कठिन एवं विपन्न परिस्थितिका बालकहरु रहेका छन् । साहारा क्लब पोखराले उनीहरुको लालन – पालन, शिक्षासँगै फुटबल प्रशिक्षण दिंदै आएको छ । क्लबले २०६१ सालदेखि एकेडेमी सञ्चालन गरिरहेको छ । देशका ७ वटै प्रदेशमा शाखा सञ्चालन गरि कारोबार गर्दै आइरहेको लुम्बिनी विकास बैंक लिमिटेडको बिभिन्न स्थानहरुमा गरी ८९ वटा शाखा कार्यालयहरु तथा एक विस्तारित शाखा (एक्सटेन्सन काउण्टर) रहेकोे छ । यस लुम्बिनी विकास बैंक लिमिटेडले “निरन्तर सहयात्रा” भन्ने नाराका साथ उच्चस्तरीय, आधुनिक एवं नविनतम प्रविधिहरु सहितको सुरक्षित बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेको छ । ग्राहकहरुलाई अधिकतम प्रतिफल दिने उद्देश्यले बैंकले बचत निक्षेप खाताहरुमा उच्चतम ब्याज प्रदान गर्ने बिशेष योजना कार्यान्वयनमा ल्याएको छ ।

सम्बन्धित समाचार

सानिमा बैंककाे नाफा बढ्याे

beemaadmin
२०८३ बैशाख ११, शुक्रबार

सुनको मूल्य बढ्यो

beemaadmin
२०८३ बैशाख ८, मंगलवार

सीईओ दिवसको म्याद ४ वर्षका लागि थपियो

beemaadmin
२०८३ बैशाख ८, मंगलवार

अब कर्मचारीलाई १५–१५ दिनमा तलब

beemaadmin
२०८३ बैशाख ७, सोमबार