free website hit counter

धादिङ जिल्लाकै पहिलो टोल स्वच्छ र सफा गाउँ घोषणा

beemaadmin
२०७६ माघ २४, शुक्रबार

धादिङ । धादिङ जिल्लाको ज्वालामुखी गाउँपालिकाको वडा न‌‌‌म्वर ६ का ५ वटा टोललाई पुर्ण सरसफाइ युक्त टोल (स्वच्छ र सफा गाउँ) घोषणा गरिएको छ । सामाजिक विकास मन्त्रालय बागमती प्रदेशका सचिव गोकर्णमणी दुवाडीले एक समारोहकाबीच सो वडामा रहेका देउराली, हुलाकभन्ज्याङ, मिलनटोल, सेतीदेवी र साँधभन्ज्याङ टोललाइ स्वच्छ र सफा टोल घोषणा गर्नुभएको थियो ।

उक्त टोल जिल्लाकै पहिलो पूर्ण सफाई टोल बन्न पुगेको छ । सरकारको पुर्ण सरसफाइ मार्गदर्शन २०७३ अनुसार सफा र स्वच्छ टोल घोषणा हुनको लागि आवश्यक पर्ने सवै सुचकहरु पुरा गरेकाले ती ५ वटै टोललार्इ पुर्ण सरसफाइ युक्त स्वच्छ र सफा गाउँ घोषणा गरिएको ज्वालामुखी गाउँपालिकाका स्वास्थ्य संयोजक सुजन श्रेष्ठले बताए । सो मार्गदर्शनमा २०७३ ले ५ वटा चरणहरु सम्बन्धित बासिन्दाले पालना गर्नुपर्ने हुन्छ ।

तीमध्ये शौचालयको उचित प्रयोग, ब्यक्तिगत सरसफाइ, सुरक्षित खानेपानी, सुरक्षित र स्वच्छ खाना, घर तथा आँगनको सरफाइका १५ वटा सुचकहरु तथा ४५ वटा सहायक सुचकहरु पुरा गरेमा पुर्ण सरसफाइयुक्त गाउँ भन्न मिल्ने व्यवस्था छ । घोषणासभालाई सम्बोधन गर्दै सामाजिक विकास मन्त्रालयका सचिव दुवाडीले घोषणा गरिएका प्रतिबद्धतालाई व्यवहारमा कार्यान्वयन गर्न आग्रह गर्दै बागमती प्रदेशका सबै जिल्लामा यस्तो सन्देश पु¥याउन सफल भएकोमा गाउँपालिका र टोलसुधार समितिहरुलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो । पर्यटन वर्ष २०२० को प्रवद्र्धनका लागि यस्ता किसिमका कार्यक्रमले सहयोग पुर्याउने उहाँको आशय थियो ।

ज्वालामुखी गाउँपालिकाले सुरुवात गरेको यो प्रयासले नेपाल सरकारले सन २०३० सम्ममा राखेको दिगो विकासको लक्ष्य प्राप्तीलाइ पनि टेवा पुग्ने समेत दुवाडीले कार्यक्रममा बताउनुभएको थियो । सो कार्यक्रममा ज्वालामुखी गाउँपालिकाका अध्यक्ष विनोद तिमल्सेनाले आगामी ३ वर्षभित्र सिङ्गो गाउँपालिकालाइ नै पुर्ण सरसफाइ युक्त गाउँ घोषणा गर्नको लागि काम थालिसकेको बताउँदै यस कार्यमा सबै स्थानीय बासिन्दाको साथ सहयोगको अपेक्षा गर्नुभएको थियो । स्वच्छ र सफा गाउँ घोषणा गर्नको लागि गैरसरकारी सस्थाहरु शान्ति नेपाल, एन्फो नेपाल लगायतले ज्वालामुखी गाउँपालिकासंग साझेदारी गरेर जनचेतनामुलक कार्यक्रम तथा प्राविधिक सहयोग गरेका थिए ।

सम्बन्धित समाचार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

मुलुकको भविष्य कोर्दैछन् मतदाता

beemaadmin
२०८२ फाल्गुन २१, बिहीबार