free website hit counter

कोरोनाबाट कुन देशमा कति जनाको मृत्यु ?

beemaadmin
२०७६ फाल्गुन १३, मंगलवार

काठमाडौं । हालसम्म कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या २७ सय पुगिसकेको छ । चीनमा २ हजार ६ सय ६३ र अन्य देशमा ३६ जनाको मृत्यु भएको अन्तर्राष्टिय सञ्चारमाध्यमले जनाएका छन्। सन् २०१९ डिसेम्बर अन्तिम साता पहिलोपटक चीनको हुबेई प्रान्तको राजधानी उहानमा देखिएको कोरोना भाइरस अहिले विश्वका ३६ बढी देश तथा भूभागमा देखिएको छ। विश्वका ८० हजार १ सय ४८ जनामा यो भाइरसको संक्रमण रहेको पुष्टि भइसकेको छ।

मुख्य भूमी चीनमा हालसम्म ७७ हजार ६ सय ५९ जनामा कोरोना भाइरसको संक्रमण भेटिएको छ। यीमध्ये २७ हजार ३ सय २३ जना विरामीहरु निको भइ अस्पतालबाट डिस्चार्ज भएका छन्। सोमबारमात्रै चीनमा थप ७१ जनाको मृत्यु भएको छ। चीन बाहिर दक्षिण कोरियामा ८, इटालीमा ७, जापानमा १, हङकङमा २, इरानमा १२, ताइवानमा १, फ्रान्समा १ र फिलिपिन्समा १ जनाको मृत्यु भएको छ।

विश्वका ८० हजार १ सय ४८ जनामा यो भाइरसको संक्रमण रहेको पुष्टि भइसकेको छ। चीनमा हालसम्म ७७ हजार ६ सय ५९ जनामा कोरोना भाइरसको संक्रमण भेटिएको छ। यीमध्ये २७ हजार ३ सय २३ जना विरामीहरू निको भइ अस्पतालबाट डिस्चार्ज भएका छन्। दक्षिण कोरियामा ८ सय ९३ जना, इटालीमा २ सय २९ जना, जापानमा १ सय ५९ जना, सिंगापुरमा ९० जना, हङकङमा ८१ जना, इरानमा ६१ जना, अमेरिकामा ५३ जना, थाइल्याण्डमा ३५ जना, ताइवानमा ३० जना, अष्ट्रेलियामा २२ जना, मलेसियामा २२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।

यस्तै, जर्मनीमा २२, भियतनामा २२, बेलायतमा १३, युएईमा १३, फ्रान्समा १२, क्यानडामा ११, मकाउमा १०, कुवेतमा ५, स्पेनमा ३, फिलिपिन्समा ३, भारतमा ३, बहराइनमा २, इजरायलमा २, ओमानमा २, रुसमा २ र अफगानिस्तान, बेल्जियम, कम्बोडिया, इजिप्ट, फिनल्याण्ड, इराक, लेबनान, नेपाल, श्रीलंका र स्वीडेनमा एक–एक जनामा यो भाइरस देखिएको छ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार