free website hit counter

कोरोना संक्रमितलाई दमको औषधि प्रभावकारी

beemaadmin
२०७६ फाल्गुन २१, बुधबार

टोकियो । विश्वलाई नै आतंकित बनाएको कोरोना संक्रमण विश्वभरि फैलिइरहेको छ । ठ्याक्कै औषधि उत्पादन नभएका कारण देशैपिच्छे फरक फरक प्रयासहरु भइरहेका छन् । यही प्रयास अन्तर्गत जापानमा भने दमका विरामीलाई दिइने औषधिले कोरोना संक्रमित विरामीलाई धेरै फाइदा पुगेको बताइएको छ । जापानी चिकित्सकहरुले कोरोना भाईरसका बिरामीहरुलाई दमको औषधिबाट उपचार गर्दा स्वास्थ्यमा सुधार ल्याएको बताएका हुन् । जापानको कानागावा प्रिफेक्चरको आसिगराकामी अस्पतालका चिकित्सकहरुको टोलीले तीनजना कोरोना भाईरस संक्रमितमा गरेको उपचारमा दमको औषधि प्रभावकारी भएको बताएका छन् । जापान सरुवा रोग संघको वेवसाईटमा राखिएको नतिजा अनुसार कोरोना भाईरसबाट ग्रसित बिरामीहरुलाई दमका रोगीलाई दिईने औषधि दिएपछि स्वास्थ्य सुधार भएको उल्लेख छ । तीनजना रोगीमा रोग प्रतिरोधात्मक क्षमता बढाउन सिस्लिसोनाईड नामको दमको औषधिले प्रभावकारी काम गरेको चिकित्सकहरुले बताएका छन् ।

चिकित्सकहरुको टोलीले ६५ बर्ष उमेर माथिका तीनजना संक्रमितमा दमको औषधिले उपचार गर्दा काम गरेको र हाल उनिहरुको अवस्था खतरामुक्त रहेको छ । दमको औषधिको प्रयोगबाट दुईदिनमै बिरामीको स्वास्थ्यमा सुधार ल्याएको चिकित्सकहरुको दाबीका बिच ७३ बर्षिया महिलाले आफुले पहिलाकै अवस्थामा पाएको बताएको रिपोर्टमा उल्लेख छ । दमको औषधि प्रयोगबाट कोरोना भाईरस संक्रमितको स्वास्थ्यमा सुधार आएको विवरणका बीच जापानको राष्ट्रिय संक्रामक रोग नियन्त्रण संस्थानले यसबारे विस्तृत जानकारी संकलन गर्ने काम भईरहेको बताएको छ ।

संस्थानका चिकित्सकहरुको टोलिले दमको औषधि प्रयोगको प्रभावकारीता पुष्टि गर्न सँगै मिलेर थप संक्रमितहरुको उपचार अघि बढाउन लागेको जनाएको छ । जापानमा हालसम्म कोरोना भाईरसको संक्रमणबाट ९ सय ८६ जना संक्रमित भएका छन् भने १२ जनाले ज्यान गुमाएका छन् । ४३ जना गम्भिर अवस्थामा उपचाररत रहँदा ४३ जनाले मात्र स्वास्थ्यलाभ गरेको विवरण जापानको स्वास्थ्य मन्त्रालयले मंगलबार सार्वजनिक गरेको छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार