free website hit counter

युएईले ल्यायो यति कडा नियमना

beemaadmin
२०७६ चैत्र ८, शनिबार

एजेन्सी । विश्वलाई आतंकित तुल्याएको कोरोना नियन्त्रण गर्न विश्वभर अनेक प्रयास भइरहेका छन् । यही बेला युएई सरकारले क्वारेन्टाइन नियम उल्लंघन गर्नेमाथि ५ वर्षसम्म जेल र ५० हजारदेखि १ लाख दिरामसम्म (झन्डै ३२ लाख ५८ हजार नेपाली रुपैयाँ) जरिवाना गर्न सकिने जनाएको छ । युएईका महान्यायधिवक्ता हमद सैफ अल साम्सीले देशले पूर्वतयारीका लागि बनाएको नियम नतोड्न सर्वसाधारणलाई चेतावनी दिएका छन् । १४ दिने होम क्वारेन्टाइन तोड्ने र धेरै मानिससँग सम्पर्कमा आउने गतिविधिले समाजको स्वास्थ्य र सुरक्षामा जोखिम उत्पन्न गराउने भएकाले त्यस्ता व्यक्तिमाथि कानूनी कारबाही हुने उनले स्पष्ट पारे ।

संसारभर कोरोना भाइरसको बढ्दो प्रकोप बढ्दा पनि १४ दिने क्वारेन्टाइन बस्न धेरै मानिसले आनाकानी गरिरहेका छन् । संक्रमित व्यक्तिले मनसाय नै बनाएर सरुवा रोग फैलाएमा उसलाई जेल र जरिवाना गरिने युएईको संघीय कानून २०१४ अन्तर्गत धारा १४ मा उल्लेख छ । कानूनले संक्रमित व्यक्तिलाई योजनाबद्ध व्यवहारमार्फत अन्य व्यक्तिमा रोग फैलाउन निधेष गरेको छ । यस कानून उल्लंघन भएमा ५ वर्ष जेल र ५० हजारदेखि १ लाख दिरामसम्म जरिवाना हुनसक्नेछ, अधिवक्ता घासन इल दायेले भने, ‘यदि यस्तो गल्ती दोहोरिएमा न्यायाधीसहरुले जेलसजाय दोब्बर गर्नसक्न ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार