free website hit counter

बुटवलमा मृत्यु भएका युवकमा पनि देखिएन कोरोना

beemaadmin
२०७६ चैत्र १७, सोमबार

बुटवल । आइतबार बुटवलको ‘कोरोना विशेष’ अस्थायी अस्पतालमा मृत्यु भएका युवकमा कोरोना संक्रमण नभएको पुष्टि भएको छ । युवकको दुई पटकको कोरोना संक्रमण परीक्षणको नतिजा नेगेटिभ आएको अस्थायी अस्पतालका डा. सुदर्शन थापाले जानकारी दिएका छन् ।
पाल्पा रिब्दीकोट स्थायी घर भई बुटवल सैनामैना ४ सिसौडाडा बस्ने ३४ वर्षका बाबुराम थापा क्षेत्रीको दोस्रो स्वाब परीक्षणको रिपोर्ट सोमबार दिउँसो आएको हो । ‘पहिलो रिपोर्ट नेगेटिभ आएपछि हामीले शंका लागेर दोस्रो पटक परीक्षणका लागि पठाएका थियौं। तर, दोस्रो रिपोर्ट पनि नेगेटिभ आयो’ डा थापाले भने । ती युवकको स्वाब अस्पताल भर्ना भएको चौथो दिन मात्रै परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं पठाइएको थियो । शनिबारसम्म थापाको स्वास्थ्य अवस्था स्थिर रहेकोमा आइतबार बिहान श्वासप्रश्वासमा समस्या देखिएको र दिउँसो एक बजे थापाको मृत्यु भएको थियो । दुबईमा ट्याक्सी चालक रहेका थापा त्यहाँबाट ६ गते त्रिभुवन विमानस्थल काठमाडौं उत्रिएका र चैत ७ गते बसबाट सैनामैना आएका थिए । थापालाई ज्वरो आएपछि स्थानीय आचार्य मेडिकलमा जँचाएर औषधि सेवन गरेकामा निको नभएपछि चैत १३ गते बेलुका लुम्बिनी प्रादेशिक अस्पताल आएका थिए ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार