free website hit counter

कोरोना आशंकित पाँचै जना मृतकमा भेटिएन कोरोना

beemaadmin
२०७६ चैत्र १८, मंगलवार

काठमाडौं । कोरोना आतंककाबीचमा भएका सबै मृत्युलाई कोरोनासँग जोड्ने गरिएको छ । तर ल्याब रिपोर्टले भने त्यस्तो देखाएको छैन । कोरोना संक्रमणको कारण चितवन र बुटललमा एक–एक जना, पाटन हस्पिटलमा एक जना र वीर हस्पिटलमा २ जना गरी पाँच जनाको मृत्यु भएको आशंका गरिएको थियो । तर यी पाँच जना मृतकको स्वाब परीक्षणमा कोरना भाइरसको संक्रमण देखिएको छैन । कोरोना आशंका गरिएका मृतक सबैको परिक्षण गर्दा नेगेटिभ रिर्पोट आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो । पहिलो पटक चितवनमा कोरोना आशंका गरिएको ३० वर्षीय एक युवाको मृत्यु भएको थियो । ज्वरो र निमोनिय देखिएपछि चितवन महानगरपालिकाले स्थापना गरेको अस्थायी कोरोना हस्पिटलमा भर्ना भएका थिए । उनमा कोरोनाको संक्रमण नदेखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
बुटवलमा चैत १६ गते कारोना संक्रमणको आशंका गरिएका बाबुराम थापाको मृत्यु भएको थियो । बैदेशिक रोजगारबाट उनलाई लुम्बिनी प्रदेशिक अस्पतालको आईसोलेसन वार्डमा उपचारको क्रममा मृत्यु भएको थियो । उनलाई ज्वरो, खोकी र श्वासप्रश्वासको समस्या देखिएपनि कोरोना नेगेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार उनको टाइफाइडका कारण मृत्यु भएको हो ।
पाटन अस्पतालमा सोमबार मृत्यु भएका धादिङका युवकको कोरोना संक्रमण सम्बन्धी परीक्षणको नतिजा कोरोना संक्रमित भएको नदेखिएको हो । मंगलबार आएको रिर्पोट अनुसार उनको नतिजा नेगेटिभ आएको पाटन अस्पतालका निर्देशक विष्णु शर्माले जानकारी दिए ।
यस्तै वीर अस्पतालमा उपचारका क्रममा मृत्यु भएकी महिलामा पनि कोरोना भाइरस संक्रमण नभएको पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा गरिएको परीक्षणमा नेगेटिभ रिपोर्ट आएको वीरका डा. विद्यानिधि पौडेलले जानकारी गराए । बीर हस्पिटलमै मृत्यु भएको अर्को एक जनाको रिर्पोट पनि नेगेटिभ देखिएको बताइएको छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार